neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • महान्याधीवक्ता खरेलद्धारा तीन वटा सरकारी वकिलको कार्यालयको भवन समुद्धघाटन

महान्याधीवक्ता खरेलद्धारा तीन वटा सरकारी वकिलको कार्यालयको भवन समुद्धघाटन

Jan 28th, 2021

काठमाडौ, माघ १४

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले महान्यायाधिवक्ताको कार्यालयबाट अनलाइन मार्फत २०७७ माघ १४ गते बुधबार जिल्ला सरकारी वकील कार्यालय, डोटीको भवन शिलान्यास तथा जिल्ला सरकारी वकील कार्यालय, तेह्रथुम र जिल्ला सरकारी वकील कार्यालय, वैतडीको नवनिर्मित भवनको शिलालेखको अनावरण गरी समुद्घाटन गरेकाछन । महान्यायाधिवक्ताले भवनको शिलान्यास तथा नवनिर्मित भवन समुद्घाटन समारोहलाई सम्बोधन गर्दैसरकारी वकील कार्यालयहरूलाई भौतिक साधन स्रोत सम्पन्न बनाएर उपयुक्त कार्य वातावरण बनाउन महान्यायाधिवक्ताको कार्यालय क्रियाशील भएको बताए ।

उनले सरकारी वकीलहरूले बौद्घिक विकास र व्यावसायिक विकाससँगै निष्ठापूर्वक वस्तुनिष्ठ प्रमाणको मूल्यांकन गरेर अभियोजन गर्नुपर्नेमा जोड दिए । उनले भने, सरकारी वकील कार्यालय पीडितको कार्यालय भएकाले पीडितमैत्री वातावरण सरकारी वकील कार्यालयमा हुनुपर्छ ।“ अपराध हुनुभन्दा अगाडि अपराधको सचेतना सम्बन्धी जानकारी मानिसहरूलाई हुन सकेमा अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह हुने भएकाले प्रहरी र सरकारी वकीलले समुदाय स्तरमा सचेतना गराउने कार्यक्रमहरू संयुक्त सहकार्यमा आयोजना गर्नुपर्ने महान्यायाधिवक्ताको भनाई रहेको थियो ।

महान्यायाधिवक्ताको कार्यालयका वरिष्ठतम नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले सरकारी वकील कार्यालयको नयाँ भवन निर्माणसँगै संस्थागत सुदृढीकरणमा मद्दत पुगेको बताउनुका साथै सरकारी वकीलहरूको कार्यसम्पादनमा समेत व्यावसायिकता, सिर्जनात्मकता र नयाँपन वृद्घि गर्नुपर्ने बताए ।

कार्यक्रममा वैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी र तेह्रथुम जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीश महेन्द्रप्रसाद पोखरेलले शुभकामना मन्तब्य व्यक्त गर्दै नयाँ भवनहरूको निर्माणले सरकारी वकील कार्यालयहरूबाट दिइने सेवा प्रभावकारी र गुणस्तरीय रूपमा प्रदान गर्न सहयोग पुग्ने बताए ।

नायब महान्यायाधिवक्ता श्री विश्वराज कोइरालाज्यूले कार्यक्रममा स्वागत मन्तब्य व्यक्त गरेका थिए । उच्च सरकारी वकील कार्यालय, दिपायलका निमित्त सहन्यायाधिवक्ता टेकबहादुर थापाले नयाँ निर्माण हुन लागेको जिल्ला सरकारी वकील कार्यालय, डोटीको भवनको शिलान्यास कार्यक्रमको शिलान्यास स्थलमा सहजीकरण गरेका थिए ।

जिल्ला सरकारी वकील कार्यालय तेह्रथुमका सहायक जिल्ला न्यायाधिवक्ता दिपक बस्याल र र जिल्ला सरकारी वकील कार्यालय वैतडीका जिल्ला न्यायाधिवक्ता भानदेव जोशीले नवनिर्मित कार्यालयको भवन सम्बन्धी विवरण प्रस्तुत गरेका थिए ।

महान्यायाधिवक्ताको कार्यालयका वरिष्ठतम नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता प्रकाश गौतमले गरेका थिए । महान्यायाधिवक्ता खरेलले कार्यकालमा महान्यायाधिवक्ताको कार्यालय सहित ३५ वटा सरकारी वकील कार्यालयका नयाँ भवनहरु उद्घाटन भैसकेका छन् । ६ वटा सरकारी वकील कार्यालयका भवनहरु यस आ.व. मा सम्पन्न हुने गरी निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi