neapl investment mega bank
  • गृहपृष्ठ
  • विरोध प्रर्दशनमा दमन हुनुले निरंकुसता प्रतिबिम्बित हुन्छः फोनिज

विरोध प्रर्दशनमा दमन हुनुले निरंकुसता प्रतिबिम्बित हुन्छः फोनिज

Jan 27th, 2021

काठमाडौ, माघ १४

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले शान्तिपूर्ण प्रर्दशनमा भएको प्रहरी दमनको भत्र्सना गरेको छ ।

विरोधमा प्रर्दशन हुँदा दमन हुनुले निरंकुसता प्रतिबिम्बित हुने भन्दै फोनिजले संविधानप्रद्धत अधिकारविरुद्ध हुने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध माघ १२ गते भएको प्रर्दशनमा सहभागी वरिष्ठ पत्रकार नारायण वाग्ले, वरिष्ठ मानव अधिकारकर्मी कृष्ण पहाडी लगायतमाथि प्रहरीद्धारा भएको विरोधमा प्रेस विज्ञप्ति जारी गर्दै फोनिजले यस्तो बताएको हो ।

फोनिजका महासचिव मनोज घर्तीमगरद्धारा जारी प्रेस ज्ञिज्ञप्तिमा भनिएको छ– ‘अभिव्यक्ति स्वतन्त्रता संविधानप्रद्धत नागरिक अधिकार हो । विरोधमा प्रर्दशन हुँदा दमन हुनुले निरंकुसता प्रतिबिम्बित हुन्छ । संविधानप्रद्धत अधिकारविरुद्ध हुने कुनै पनि गतिविधि स्वीकार्य हुँदैन ।’
फोनिजले शान्तिपूर्ण प्रर्दशनमा प्रहरी दमन हुनु बलिदानपूर्ण इतिहासको जगमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था मास्ने प्रपन्चको निरन्तरता रहेको समेत बताएको छ । फोनिजले विधिको शासन र कानुनीराजको सम्मान गर्न सरकारको ध्यानाकर्षण समेत गराएको छ ।