neapl investment mega bank
  • गृहपृष्ठ
  • सेयर बढेसँगै बढ्न थाल्यो कर्जाको माग, घट्न थाल्यो निक्षेप

सेयर बढेसँगै बढ्न थाल्यो कर्जाको माग, घट्न थाल्यो निक्षेप

Jan 26th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, माघ १३

सेयर बजार परिसुचक नेप्सेले अहिले दिनदिनै नयाँ किर्तिमानी बनाइरहेको छ । बढ्दो सेयरबजारका कारण पछिल्लो समय बैंकहरुको कर्जामा बृद्धि भएको देखिन थालेको छ भने निक्षेप फिर्ता हुने क्रम पनि बढेको छ।

अर्थात पछिल्लो समय बैंकमा जम्मा गरेर राखेको रकम कैयनले निकालेर सेयर बजारमा राख्न थालेका छन् । जसका कारण बैंकबाट यो दुई सातामा मात्रै करिब १३ अर्ब रकम फिर्ता गएको छ । यता माघको पहिलो साताको तुलनामा दोस्रो सातामा बैंकहरुको कर्जा लगानी बिस्तार पनि ११ अर्बले बढेको छ ।

अन्यत्र लगानीका ढोका बन्द भएपछि सेयर अहिले बैंकहरुको पहिलो रोजाइको क्षेत्र बनेको छ ।बैंकहरुको सेयरमा जाने कर्जा समेत गत वर्ष भन्दा ३४ प्रतिशत बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।अहिले कर्जा लगानी बिस्तार बैंकहरुको सेयरमा सबैभन्दा उच्च छ। राष्ट बैंकले समेत यो वर्ष त सेयर कर्जालाई प्राथमिकतामा नै राखेको छ । जसका कारण पनि यो क्षेत्रमा कर्जा बढ्न गएको हो ।

नेपाल राष्ट्र बैंकले यो वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा पनि बढाएको छ । नयाँ व्यवस्थाअनुसार सेयर धितो राखी प्रवाह हुने कर्जामा वित्तीय संस्थाले धितोको ७० प्रतिशतसम्म प्रदान गर्न पाउँछन् । यसअघि यस्तो सीमा ६५ प्रतिशत थियो । बैंकहरुले सेयरमा कर्जा प्रवाह गर्न पाउने सिमा बढेकाले पनि केहि हदसम्म बैंकहरुको यस्तो क्षेत्रमा लगानी बढेको मान्न सकिन्छ ।

राष्ट्र बैंकका अनुसार अहिलेसम्म बैंकहरुले सेयर धितो राखेर मार्जिन प्रकृतिका लोन करिब ६७ अर्ब बराबरको प्रदान गरेका छन् । कात्तिक सम्म ६१ अर्ब लगानी गरेका बैंकहरुर्र्ले एक महिनामै यस्तो लगानी १० दशमलव छ सात प्रतिशतले बढाएर ६७ अर्ब पुराएका छन् । बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये मंसिरसम्म आवधिक कर्जा ७.१ प्रतिशतले, ओभरड्राफ्ट कर्जा ६.८ प्रतिशतले र डिमान्ड तथा चालु पुँजी कर्जा ९.९ प्रतिशतले बढेको छ । त्यस्तै रियल स्टेट कर्जा २.६ प्रतिशतले, ट्रष्ट रिसि

अहिले बैंक तथा वित्तीय संस्थाले सेयरमा प्रवाह गर्ने कर्जा करिब ७ देखि ९ प्रतिशतमा दिन्छन् । जबकी गत वर्ष यही कर्जा १३ देखि १५ प्रतिशतको हाराहारीमा थियो । सेयर कर्जाको ब्याजदर लगभग पाँच वर्षयताकै कम भएको छ । अन्य क्षेत्र तर्र्फको मत्रै होइन, बैंकमा लगानीयोग्य रकम थुप्रिएपछि बैंकहरुले सेयरमा जाने कर्जाको ब्याज समेत घटाएका छन् । साथै अन्य क्षेत्रमा भन्दा यसमा सहजै ऋण गएपछि बैकहरुको पछिल्लो समय यस्तो क्षेत्रमा आकर्र्षण बढेको छ ।