neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

टोटनह्याम एफए कप फुटबलको पाँचौं चरणमा

Jan 26th, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,माघ १३


टोटनह्याम एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ ।सोमबार राति भएको चौंथो चरणको खेलमा टोटनह्यामले वायकोम्बिलाई उसकै मैदानमा ४-१ गोलले पराजित गर्दै पाँचौं चरणमा प्रवेश गरेको हो ।

टोटनह्यामलाई जित दिलाउन टानगाइ एनडोम्बेले दुई , ग्यारेथ बेल र ह्यारी विन्क्सले एक एक गोल गरे । वायकोम्बिका फ्रेड ओन्येदिन्माले एक गोल गरेका थिए ।

खेलमा पहिलो अग्रता वायकोम्बिले लिएको थियो । खेलको २५ औं मिनेटमा फ्रेड ओन्येदिन्माले गोल गर्दै वायकोम्बिलाई अग्रता दिलाएका थिए ।तर,खेलको ४५ औं मिनेटमा टोटनह्यामका ग्यारेथ बेलले गोल गर्दै खेल बराबरीमा फर्काए ।

दोस्रो हाफको ८६ औं मिनेटमा ह्यारी विन्क्सले गोल गर्दै टोटनह्यामलाई २-१ को अग्रता दिलाए ।लगत्तै ८७ औँ मिनेटमा टानगाइ एनडोम्बेले गोल गर्दै टोलीलाई ३-१ अघि बढाए।

त्यसपछि इन्जुरी समयमा टानगाइ एनडोम्बेले व्यक्तिगत दोस्रो गोल गर्दै टोटनह्यामलाई ४-१ को जित दिलाए ।

जितसंगै टोटनह्याम एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ ।टोटनह्यामले अब पाँचौं चरणमा एभर्टनसँग प्रतिस्पर्धा गर्नेछ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi