neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • शरीर बन्धक बनाई जबरजस्ती करणी र डाँका कसूरका फरार अभियुक्त पक्राउ

शरीर बन्धक बनाई जबरजस्ती करणी र डाँका कसूरका फरार अभियुक्त पक्राउ

Jan 25th, 2021

काकठमाडौ, माघ १२

शरीर बन्धक बनाई जबरजस्ती करणी र डाँका कसूरका फरार अभियुक्त पक्राउ परेकाछन । महानगरीय अपराध महाशाखा मिनभवनका अनुसार जबरजस्ती करणी र डाँका कसूरका फरार अभियुक्त पक्राउ सिन्धुुपाल्चोकको जुुगल गाउँपालिका ४ गुन्टे स्थायी घर भएका २४ बर्षिया कैलाश भन्ने रोहन नेपालीलाई पक्राउ गरेको हो ।

महाशाखाका अनुसार बिसं २०७७ असोज १५ गते अन्दाजी बेलुका अं. १९ः०० बजेको समयमा परिवर्तित नाम ०७७–०७८ चौतारा (ङ) लाई घर पुर्याई दिने भनी मोटरसाइकलमा राखी लिएर गएकोमा घर तर्फ नलगी अपहरण तथा शरीर बन्धक गरीजि. सिन्धुपाल्चोक जुगल गा.पा.४ स्थित मान्जे भन्ने ठाँउमा लगी अन्य प्रतिवादीहरूसँग मिलेर निजलाई जबरजस्ती करणी गरी निजले लगाएको गरगहना समेत लुटपाट एवं डाँका समेत गरी भागी घटना पश्चात फरार भएका जि. सिन्धुपाल्चोक जुगल गा.पा. ४ गुन्टे गाँउ घर भएका २४ वर्ष कैलाश भन्ने रोहन नेपालीलाई महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले काठमाण्डौको कलंकीबाट पक्राउ गरी आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक पठाएको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi