neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • शीर्ष स्थानको एट्लेटिकोको ७ अंकको अग्रता

शीर्ष स्थानको एट्लेटिकोको ७ अंकको अग्रता

Jan 25th, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,माघ १२

स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एट्लेटिकोले ७ अंकको अग्रता बनाएको छ । आइतबार राति भएको खेलमा एट्लेटिकोले भ्यालेन्सियालाई ३-१ गोलले पराजित गरेको हो ।

एट्लेटिकोलाई जित दिलाउन जोआ फेलिक्स, लुइस सुआरेज र एन्जिल कोर्‍एले एक-एक गोल गरे।एट्लेटिकोले एक गोल पहिलो हाफमा र दुई गोल दोस्रो हाफमा गरेको हो ।भ्यालेन्सियाको उरोस राकिकले एक गोल गरेका थिए।

खेलमा पहिलो अग्रता भ्यालेन्सियाले लिएको थियो । खेलको ११ औं मिनेटमा उरोस राकिकले गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाएका थिए ।तर,खेलको २३ औं मिनेटमा एट्लेटिकोका जोआ फेलिक्सले गोल गर्दै खेल बराबरीमा फर्काए ।

खेलको ५४ औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै टोलीलाई २-१ को अग्रता दिलाए ।त्यसपछि खेलको ७२ औं मिनेटमा एन्जिल कोर्‍एले गोल गर्दै एट्लेटिकोलाई ३-१ को जित दिलाए ।

जितसँगै एट्लेटिकोले १८ खेलबाट ४७ अंक जोडेको छ र शीर्ष स्थानमा ७ अंकको अग्रता बनाएको छ ।दोस्रो स्थानको रियल मड्रिडको १९ खेलबाट ४० अंक छ ।पराजित भ्यालेन्सियाको २० खेलबाट २० अंक छ १४ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi