neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बार्सिलोना स्पेनिस ला लिगा फुटबलको तेस्रो स्थानमा

बार्सिलोना स्पेनिस ला लिगा फुटबलको तेस्रो स्थानमा

Jan 25th, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,माघ १२


स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना तेस्रो स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले एल्चेलाई उसकै मैदानमा २-० गोलले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाउन फ्रेन्की डे जोंग र रिकुइ पुइगले एक एक गोल गरे ।

खेलको ३९ औं मिनेटमा फ्रेन्की डे जोंगले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि दोस्रो हाफको ८९ औं मिनेटमा रिकुइ पुइगले गोल गर्दै बार्सिलोनालाई २-० ले अघि बढाए। त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र बार्सिलोनाले जित निकालेको हो ।

जितसंगै बार्सिलोनाले १९ खेलबाट ३७ अंक जोडेको छ र तेस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको एट्लेटिको मड्रिडको १८ खेलबाट ४७ अंक छ । दोस्रो स्थानको रियल मड्रिडको १९ खेलबाट ४० अंक छ ।पराजित एल्चेको १८ अंक छ र १९ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi