neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • लिभरपुललाई पराजित गर्दै युनाईटेड एफए कप फुटबलको पाँचौं चरणमा

लिभरपुललाई पराजित गर्दै युनाईटेड एफए कप फुटबलको पाँचौं चरणमा

Jan 25th, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,माघ १२

म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ ।आइतबार राति
भएको चौंथो चरणको खेलमा म्यान्चेष्टर युनाईटेडले लिभरपुललाई ३-२ गोलले पराजित गर्दै पाँचौं चरणमा प्रवेश गरेको हो ।

युनाईटेडलाई जित दिलाउन मेसन ग्रीनवुड,मार्कस र्यासफोर्ड र ब्रुनो फर्नांडीसले एक एक गोल गरे । लिभरपुलका मोहम्मद सलाहले दुई गोल फर्काएका थिए ।

खेलमा पहिलो अग्रता लिभरपुलले लिएको थियो । खेलको १८ औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।तर,खेलको २६ औं मिनेटमा युनाईटेडका मेसन ग्रीनवुडले गोल गर्दै खेल बराबरीमा फर्काए ।

खेलको ४८ औं मिनेटमा मार्कस र्यासफोर्डले गोल गर्दै टोलीलाई २-१ को अग्रता दिलाए ।५८ औं मिनेटमा लिभरपुलका मोहम्मद सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २-२ को बराबरीमा फर्काए ।

त्यसपछि खेलको ७८ औं मिनेटमा ब्रुनो फर्नांडीसले गोल गर्दै युनाईटेडलाई ३-२ को जित दिलाए ।

जितसंगै युनाईटेड एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ ।युनाईटेडले अब पाँचौं चरणमा वेस्ट ह्यामसँग प्रतिस्पर्धा गर्नेछ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi