काठमाडौ, माघ ११
पेन्सन तथा उपदान कोषमा रहेको दुुई अर्ब ४५ करोड रुपैयाँ रकम नेपाल राष्ट्र बैंकले बैंक तथा फाईनान्स कम्पनीहरुमा राख्ने भएको छ । तीन सय ६६ दिने मुुद्धती निक्षेपकोरुपमा दुुई अर्ब ४५ करोड रुपैयाँ संस्थागत निक्षेप लगानीको लागि प्रस्ताव माग गरिएको राष्ट्र बैंकले जनाएको छ ।
बिसं २०७७ फागुुन २ गते देखि २०७८ फागुुन २ गते सम्म तोकिएको रकम लगानीको लागि यही माघ १४ गते अपरान्ह तीन बजेसम्म प्रस्ताव पेस गर्नुपर्ने छ । लगानीको लागि छुुट्याएको कुुल रकम मध्येमा बाँणिज्य बैकहरुको लागि एक अर्ब ९६ करोड, बिकास बैकहरुको लागि ३६ करोड ७५ लाख र फाईनान्स कम्पनीहरुको लागि १२ करोड २५ लाख रुपैयाँ छुट्याईएको छ ।
राष्ट्र बैकका अनुसार प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुुनुुपर्ने छ ।