neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश

म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश

Jan 24th, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,माघ ११
म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ ।शनिबार राति चौंथो चरणमा भएको खेलमा म्यान्चेष्टर सिटीले चेल्टनहमलाई ३-१ गोलले पराजित गर्दै पाँचौं चरणमा प्रवेश गरेको हो ।

सिटीलाई जित दिलाउन फिल फोडेन,ग्राबिएल जिसस र फेरन टोरेसले एक एक गोल गरे । चेल्टनहमका अल्फी मयले एक गोल फर्काएका थिए ।

खेलमा पहिलो अग्रता फुलहामले लिएको थियो । खेलको पाँचौं मिनेटमा एडेमोला लुकम्यानले गोल गर्दै फुलहामलाई अग्रता दिलाएका थिए ।

खेलमा पहिलो अग्रता चेल्टनहमले लिएको थियो । खेलको ५९ औं मिनेटमा अल्फी मयले गोल गर्दै चेल्टनहमलाई अग्रता दिलाएका थिए ।

तर,खेलको ८१ औं मिनेटमा सिटीका फिल फोडेनले गोल गर्दै खेल बराबरीमा फर्काए ।लगत्तै ८४ औँ मिनेटमा ग्राबिएल जिससले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

त्यसपछि इन्जुरी समयमा फेरन टोरेसले गोल गर्दै सिटीलाई ३-१ को जित दिलाए ।

जितसंगै सिटी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ ।सिटीले अब पाँचौं चरणमा च्याम्पियनसिप क्लब स्वान्सी सिटीसँग प्रतिस्पर्धा गर्नेछ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi