neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • शीर्ष स्थानको एसी मिलान एट्लान्टासँग पराजित

शीर्ष स्थानको एसी मिलान एट्लान्टासँग पराजित

Jan 24th, 2021

आधारभूमि संवाददाता
काठमाडौँ, ११ माघ

इटालियन सिरी (ए) फुटबलमा शीर्ष स्थानको एसी मिलानले हार व्यवरेको छ । शनिबार राति भएको खेलमा एसी मिलानलाई एट्लान्टाले ३-० गोलले पराजित गरेको हो ।

एट्लान्टालाई जित दिलाउन क्रिश्चियन रोमेरो,जोसिप ल्लिकिक र डुवान जपाटाले एक-एक गोल गरे। एट्लान्टाले एक गोल पहिलो हाफमा र दुई गोल दोस्रो हाफमा गरेको हो ।

खेलको २६ औँ मिनेटमा क्रिश्चियन रोमेरोले गोल गर्दै एट्लान्टालाई सुरुवाती अग्रता दिलाएका थिए।

दोस्रो हाफको ५३ औँ मिनेटमा जोसिप ल्लिकिकले पेनाल्टीमा गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ७७ औं मिनेटमा डुवान जपाटाले गोल गर्दै टोलीलाई ३-० को शानदार जित दिलाए ।

जितसंगै एट्लान्टाले १९ खेलबाट ३६ अंक जोडेको छ र चौथो स्थानमा छ । हारपछि पनि एसी मिलानको १९ खेलबाट ४३ अंक छ र शीर्ष स्थानमा २ अंकको अग्रता बनाएको छ ।दोस्रो स्थानको ईन्टर मिलानको १९ खेलबाट ४१ अंक छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi