neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • हाईयर कमाण्ड तथा म्यानेजमेन्ट तालिमको समापन

हाईयर कमाण्ड तथा म्यानेजमेन्ट तालिमको समापन

Jan 23rd, 2021

काठमाडौ, माघ १०

नेपाली सेनाको हाईयर कमाण्ड तथा म्यानेजमेन्ट तालिमको समापन भएको छ । प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले नेपाली सैनिक वार कलेज, नगरकोटमा मिति २०७७ अश्विन ११ गतेबाट संचालन भइरहेको सि.सं. ८ हाईयर कमाण्ड तथा म्यानेजमेन्ट तालिमको २०७७ माघ ०९ गते जङ्गी अड्डास्थित सगरमाथा हलमा एक कार्यक्रमका बीच समापन गरेका हुुन ।

समापनपूर्व उक्त तालिमका शिक्षार्थीहरुसँग भएको अन्तरक्रियामा प्रधान सेनापति थापाले संगठनको भिजन र मिशनका बारेमा साझा बुझाई निर्माण गर्न तथा नेपालको आफ्नै परिवेश र माटो सुहाँउदो सैनिक रणनीति र नेपाली सेनाको विशिष्ट आवश्यकतालाई परिपूर्ति गर्ने उद्धेश्यलाई मध्यनजर गरेर यो तालिमको डिजाईन गरिएको हुनाले यसको विशेष महत्व भएको प्रष्ट पारेका थिए ।

शिक्षार्थी अधिकृतहरुलाई सम्बोधन गर्नुहुँदै प्रधान सेनापति थापाले आफ्नो संवैधानिक दायित्व निर्वाह गर्न नेपाली सेना सदैव तयार रहनु पर्ने बारेमा जोड दिँदै हालसालै जारी भएको राष्ट्रिय सुरक्षा नीतिबाट र यसबाट विकसित हुने राष्ट्रिय प्रतिरक्षा नीति र राष्ट्रिय सैनिक रणनीति नेपाली सेनाको लागी महत्वपूर्ण रणनीतिक निर्देशकाको रुपमा स्थापित हुने विश्वास व्यक्त गरे । नेपाली सेनालाई पद्धति र प्रणालिमा आधारित संस्थाको रुपमा विकसित गर्दै लैजानका लागी विगतका उपलब्धिहरुलाई संस्थागत गर्ने तथा वर्तमान र भावी चुनौतिहरुलाई सम्बोधन गर्नका लागि सबैजना इमान्दार र सिर्जनात्मक हुनु पर्ने बताए ।

प्रधान सेनापति थापाले सोही अवसरमा नेपाली सेनाले अघी सारेको ३ं१ अपरेशनल कमाण्ड अवधारणाको आवश्यकता र उपादेयता एवं नेपालको सन्दर्भका यसको महत्वको बारेमा समेत प्रस्ट पारे । सोही आधारमा संगठनको पूनर्संरचना समेत गरी सफल कार्यान्वयन गर्नुपर्ने आवश्यकता औल्याए । त्यसै गरी नेपाली सेनामा रहेको रिक्रुमेन्ट एण्ड रिटेन्सन संगठनको एक महत्वपूर्ण चुनौति भएकोले नेपाली सेनाको उच्च छवि निर्माण गर्दै सबै सदस्यहरुले संगठन प्रति गर्व गर्ने परिस्थिति बनाउन आवश्यक रहेको भन्दै उच्च हौसला भएको सैनिकहरुले मात्र प्रभावकारी कार्य गर्न सक्ने यथार्थलाई मनन गर्दै जवानहरुको वेलफेयरमा समानान्तर रुपमा केन्द्रित रहन निर्देशित गरे । त्यसै गरी वर्तमान परिस्थितिबाट विकसित हुन सक्ने सुरक्षा चुनौती बारे सुक्ष्म अनुगमन र मुल्याङ्कन गर्दै संविधानप्रदत्त जिम्मेवारी वहन गर्नका लागी आवश्यक समन्वय र तयारी गर्न समेत निर्देशन दिए ।
बलाधिकृत रथी प्रभुराम शर्माले मिति २०७७ आश्विन ११ गते उक्त तालिमको प्रथम प्रवचन गरेका थिए । नेपाली सेनाका अन्य रथीबृन्दहरुको उपस्थिति रहेको आजको समापनको अवसरमा तालिमका मुख्य शिक्षक उपरथी गोकुल भण्डारीले स्वागत मन्तव्य राख्दै तालिमबाट सहभागि शिक्षार्थी अधिकृतहरुको अपरेशनल र रणनैतिक तहमा योजना निर्माण तथा निर्णय क्षमतामा बृद्धि हुने विश्वास लिएको बताए ।

नेपाली सेनामा संचालन हुनै सबैभन्दा उच्च स्तरको उक्त तालिम नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा वि.सं. २०७१ सालबाट शुरु भएको हो । नेपाली सेनाका महासेनानी दर्जाका अधिकृतहरु मात्र समावेश गरी संचालन गरिने उक्त तालिममा ३० जना महासेनानीहरुको सहभागीता रहेको थियो । महिला सैनिक अधिकृत पाँच जना सहित हालसम्म जम्मा दुुई सय आठ जनाले उक्त तालिम सफलतापूर्वक सम्पन्न गरेकाछन । तालिममा महासेनानी नारायण बहादुर थापा समग्र तालिममा प्रथम भएकाछन भने महासेनानी प्रकाश बहादुर चन्द शोधपत्र तर्फ प्रथम भएकाछन ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi