neapl investment mega bank
  • गृहपृष्ठ
  • गलत मार्गचित्रका कारण मुलुक संंकटमा- कमल थापा

गलत मार्गचित्रका कारण मुलुक संंकटमा- कमल थापा

Jan 22nd, 2021

हेटौंडा,माघ ९

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले २०६२र०६३ पछि अबलम्बन गरिएको त्रुटिपूर्ण मार्गचित्रका कारण मुलुक संकटको दलदलमा भासिएको बताउनुभएको छ । आज मकवानपुरको मकवानपुरगढी गाउँ पालिकामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले काङ्ग्रेस र कम्युनिष्टले लिएको गलत बाटोले मुलुकलाई अधोगती तर्फ लगेकोले अब राप्रपालाई बिकल्पको रुपमा स्थापित गर्नुपर्ने आबश्यकता औल्याउनुभयो। गौरबशाली इतिहासलाई नष्ट गरेर मुलुक समृद्ध बन्न नसक्ने ठोकुवा गर्दै थापाले धर्म,संस्कृती र पहिचान रक्षाको निमित्त नयाँ पुस्ता अग्रसर हुनुपर्ने बताउनुभयो ।

राप्रपा राजा सहितको प्रजातन्त्रको पक्षमा रहेको निरंकुशताको पक्षमा नभएको स्पष्ट पार्दै उहाले अभिभावकको भुमिकामा मात्र राजसंस्था रहने बताउनुभयो । फरक बिचार सहितको राष्ट्रबादी शक्ति निर्माणमा राप्रपा लागिरहेको चर्चा गर्दै थापाले मुकुक बनाउन र बचाउन राप्रपा बलियो हुनैपर्ने बिचार ब्यक्त गर्नुभयो। भ्रस्टाचार ,धर्म परिबर्तन,सर्बसत्ताबाद र बेरोजगारी अहिलेको प्रमुख समस्या भएको भन्दै थापाले मुलुकलाई निकास दिन सबै शक्ति र बिचार अट्ने राज्य प्रणाली आबश्यक भएको बताउनुभयो। कार्यक्रममा बोल्दै राप्रपा नेता मधु अधिकारिले काङ्ग्रेस कम्युनिस्ट असफल भएको , भ्रस्टाचार र भ्रस्टाचारिलाई संरक्षण राज्य बाटै भएको भन्दै राज्य ब्यबस्था परिबर्तन नगरी नयाँ आशा दिन नसकिने दाबी गर्नुभयो । सो अबसरमा विभिन्न पार्टी परित्याग गरि राप्रपा प्रवेश गर्नुहुनेहरुलाई अध्यक्ष थापाले स्वागत गर्नुभएको थियो ।कार्यक्रममा रामहरी न्यौपाने ,खिल चौलागाईं ,गुरु सापकोटा,कृष्ण बिडारी,उमाकान्त गौतम,जयराम तिमल्सिना लगायतले बोलेका थिए।