neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल बैंक लिमिटेडको जिल्ला प्रशासन कार्यालय दोलखामा एक्स्टेन्सन काउण्टर

नेपाल बैंक लिमिटेडको जिल्ला प्रशासन कार्यालय दोलखामा एक्स्टेन्सन काउण्टर

Jan 22nd, 2021

काठमाडौ, माघ ९

नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडले यही माघ सात गतेबाट आफ्नो ३९ औं एक्स्टेन्सन काउण्टर दोलखाचरिकोट स्थित जिल्लाप्रशासन कार्यालयको परिसरबाट सुरु गरेको छ ।

उक्त एक्स्टेन्सन काउण्टरको उद्घाटन दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटीले गरेका हुन । उक्त अबसरमा उनले बैंकको यस एक्स्टेन्सन काउण्टरबाट राहदानी लिन जिल्ला प्रशासान कार्यालयमा आउने, मालपोत एवं नापी कार्यालय, भीमेश्वर नगरपालिका कार्यालय लगायतमा आउने सेवाग्राहीले अझ छिटो छरितो सेवा पाउने बिश्वास ब्यक्त गर्दै बैंकले प्रदान गर्दै आईरहेका सेवा सुविधामा अझै समसामयिक सुधार गर्न सुझाव समेत दिए ।

उक्त अवसरमा बैंकको चरिकोट शाखाका शाखा प्रबन्धक सुरेन्द्र श्रेष्ठले जनताको सेवाको लागि यो एक्स्टेन्सन काउण्टरको सुरुवात गरेको र आधुनिक प्रबिधि समेतको प्रयोग गर्दै सेवाग्राहीलाई छिटोछरितो सेवाप्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरे । सुरुमा राजश्व संकलनको मात्रै काम हुनेभएता पनि विस्तारै सबै सेवा बिस्तार गर्दै लगिने जानकारी समेत दिए ।

बैकले देशभर रहेका २०४ शाखा, ३९ वटा एक्स्टेन्सन काउण्टर, १४२ वटा एटिएम तथा अन्य बिभिन्न माध्ययमबाट समेत आफ्नो बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।