neapl investment mega bank
  • गृहपृष्ठ
  • विश्वमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या ९ करोड ८० लाख नाघ्यो

विश्वमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या ९ करोड ८० लाख नाघ्यो

Jan 22nd, 2021

आधारभूमि संवाददाता
काठमाडौं, ९ माघ

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या ९ करोड ८० लाख नाघेको छ ।

नेपाली समय शुक्रबार १२:०० बजे सम्म विश्वभरीमा ९ करोड ८० लाख ९२ हजार २९८ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।सङ्क्रमितमध्ये हालसम्म सात करोड ४ लाख ८६ हजार ७६६ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा २ करोड ५५ लाख ५ हजार ६९८ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये १ लाख ११ हजार ३४६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण २१ लाख ४६४ व्यक्तिको मृत्यु भएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।सबैभन्दा धेरै सङ्क्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित ब्राजिलमा देखिएको छ ।पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या २ करोड ५१ लाख ९६ हजार ८६ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या ४ लाख २० हजार २८५ पुगेको छ ।

दोस्रो धेरै प्रभावित भएको भारतमा १ करोड ६ लाख २६ हजार २०० जना सङ्क्रमित भएका छन् भने १ लाख ५३ हजार ६७ जनाको मृत्यु भएको छ ।त्यसतै तेस्रो धेरै प्रभावित भएको ब्राजिलमा ८६ लाख ९९ हजार ८१४ जना सङ्क्रमित भएका छन् भने २ लाख १४ हजार २२८ जनाको मृत्यु भएको छ ।

स्रोत: वर्ल्डोमीटर

https://www.worldometers.info/coronavirus/