neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सशस्त्र प्रहरी दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम

सशस्त्र प्रहरी दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम

Jan 21st, 2021

काठमाडौं, माघ ८

२० औं सशस्त्र प्रहरी दिवस २०७७ को पुनित अवसरमा सशस्त्र प्रहरी बल, नेपालले बिहीबार बिहान सहभागितामुलक प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ ।

सो कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेल लगायत एपीएफ अधिकृत तथा विल्लादार जवानहरुको सहभागिता रहेको थियो ।

सशस्त्र प्रहरी बल, नेपालको बैण्डसहितको उक्त प्रभातफेरी कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनाल लगायत संघका पदाधिकारीहरु, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु तथा नेपाल एपीएफ क्लबका खेलाडीहरुको समेत सहभागिता रहेको थियो ।

‘समृद्ध नेपाल सुखी नेपाली’, जनताको सेवा र सुरक्षा सशस्त्र प्रहरीको प्रतिबद्धता, मास्कको अनिवार्य रुपमा प्रयोग गरौं, भौतिक दुरी कायम गरौं, साबुन पानीले बारम्बार हात धोऔं भन्ने लगायतका सचेतनामूलक नारासहित सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूबाट सुरु भएको उक्त प्रभातफेरी स्वयम्भूचोक, भगवानपाउ, छाउनीहुँदै सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमै पुगेर समापन भएको हो ।

यस खालका सहभागितामुलक प्रभातफेरी कार्यक्रमको आयोजनाले सामूहिक भावनाको विकास गर्नुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गर्नु रहेको छ ।

लागूऔषधसहित पक्राउ

मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १६ स्थित हुलास चोकबाट माघ ८ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही महानगरपालिका १५ बस्ने २२ वर्षिय आशिष परियार छन् ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट रानीबाट खटिएको एपीएफ टोलीले निज परियारलाई शंका लागि जाँच गर्दा उनको साथमा लुपिजेसिक ७ वटा, डाईजाल्याव ८ वटा, फेनारजन ३ वटा र एभी ८ वटा फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसवेला उनको साथबाट एक थान एलईडी टि.भी. समेत बरामद गरेको छ ।

पक्राउ परेका निज परियारलाई बरामद लागूऔषध तथा टि.भी.सहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय रानीमा बुझाईएको छ ।

भारतीय रुपैयाँसहित पक्राउ

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका २ स्थित लिङ्क गेटबाट माघ ८ गते एपीएफ टोलीले ५ लाख ३४ हजार ५ सय ७५ भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरको छ । पक्राउ पर्नेमा बाग्लुङ्ग जिल्लाको निसीखोला गाउँपालिका ५ बस्ने ३१ वर्षिय भागीलाल वि.क. छन् ।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट कृष्णनगरबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित भारतीय रुपैयाँ फेला परेपछि पक्राउ गरेको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi