neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • इटालियन सुपर कप फुटबलको उपाधि युभेन्ट्सलाई

इटालियन सुपर कप फुटबलको उपाधि युभेन्ट्सलाई

Jan 21st, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,माघ ८

युभेन्ट्सले इटालियन सुपर कप फुटबलको उपाधि जितेको छ ।

बुधबार राति भएको फाइनल खेलमा नापोलीलाई २–० ले पराजित गर्दै युभेन्ट्सले सुपर कप फुटबलको उपाधि जितेको हो ।

युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटाले एक एक गोल गरे । युभेन्ट्सले एक गोल पहिलो हाफमा र एक गोल दोस्रो हाफमा गरेको हो ।

खेलको ६४ औँ मिनेटमा युभेन्ट्सका क्रिस्टियानो रोनाल्डोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा अल्भारो मोराटाले गोल गर्दै युभेन्ट्सलाई २-० को जित दिलाए ।

योसँगै युभेन्ट्सले नवौं पटक इटालियन सुपर कप फुटबलको उपाधि जितेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi