neapl investment mega bank
  • गृहपृष्ठ
  • विश्वमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या ९ करोड ६६ लाख नाघ्यो

विश्वमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या ९ करोड ६६ लाख नाघ्यो

Jan 20th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, ७ माघ


विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या ९ करोड ६६ लाख नाघेको छ ।

नेपाली समय बुधवार ११:३० बजे सम्म विश्वभरीमा ९ करोड ६६ लाख २५ हजार ७५५ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।

सङ्क्रमितमध्ये हालसम्म छ करोड ९२ लाख ९९ हजार ६७९ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा २ करोड ५२ लाख ६० हजार ३७८ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये १ लाख १२ हजार १७१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण २० लाख ६५ हजार ६९८ व्यक्तिको मृत्यु भएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

सबैभन्दा धेरै सङ्क्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित ब्राजिलमा देखिएको छ ।

पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या २ करोड ४८ लाख ६ हजार ९६४ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या ४ लाख ११ हजार ४८६ पुगेको छ ।

दोस्रो धेरै प्रभावित भएको भारतमा १ करोड ५ लाख ९६ हजार ४४२ जना सङ्क्रमित भएका छन् भने १ लाख ५२ हजार ७५४ जनाको मृत्यु भएको छ ।

त्यसतै तेस्रो धेरै प्रभावित भएको ब्राजिलमा ८५ लाख ७५ हजार ७४२ जना सङ्क्रमित भएका छन् भने २ लाख ११ हजार ५११जनाको मृत्यु भएको छ ।

स्रोत: वर्ल्डोमीटर

https://www.worldometers.info/coronavirus/