झापा, ६ माघ
सीमा क्षेत्रमा हुने अपराध न्यूनीकरणका लागि भद्रपुर नगरपालिका-५ स्थित नेपाल, भारत सिमानाका नजिक मेची पुल पारी अस्थाई प्रहरी बिटको स्थापना गरिएको छ । उक्त बिटको भद्रपुर नगरपालिका प्रमुख जिवन कुमार श्रेष्ठले सोमबार आयोजित एक कार्यक्रमबीच उदघाटन गर्नुभयो ।
गत जेठ २४ गतेबाट निर्माण कार्य शुरु भएको उक्त बिट जम्मा १६ लाख ८० हजार ६ सय ५८ रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको हो ।
सीमा क्षेत्रमा हुने आपराधिक गतिविधिहरुको रोकथाम गरी नागरिकलाई शान्ती सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले वडा प्रहरी कार्यालय भद्रपुर र सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरको बिशेष पहल तथा भद्रपुर नगरपालिकाको सहयोगमा उक्त प्रहरी बिट निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।