neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • शीर्ष स्थानको एसी मिलानको ३ अंकको अग्रता,इब्राहिमोविचले गरे दुई गोल

शीर्ष स्थानको एसी मिलानको ३ अंकको अग्रता,इब्राहिमोविचले गरे दुई गोल

Jan 19th, 2021

आधारभूमि संवाददाता
काठमाडौं,माघ ६

इटालियन सिरी (ए) फुटबलमा शीर्ष स्थानको एसी मिलानले ३ अंकको अग्रता बनाएको छ । सोमबार राति भएको खेलमा एसी मिलानले काग्लियारीलाई २-० गोलले पराजित गरेको हो ।

एसी मिलानलाई जित दिलाउन ज्लाटन इब्राहिमोविचले दुई गोल गरे। इब्राहिमोविचले एक गोल पहिलो हाफमा र एक गोल दोस्रो हाफमा गरेको हो ।

खेलको सातौं मिनेटमा इब्राहिमोविचले पेनाल्टीमा गोल गर्दै मिलानलाई सुरुवाती अग्रता दिलाएका थिए।

त्यसपछि दोस्रो हाफको ५२ औँ मिनेटमा इब्राहिमोविचले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० को जित दिलाए।

खेलको ७४ औं मिलान १० खेलाडीमा समेटिएको थियो ।मिलानका एलेक्सीसले दोहोरो पहेलो कार्डसहित रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।

जितसँगै एसी मिलानले १८ खेलबाट ४३ अंक जोडेको छ र शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ ।दोस्रो स्थानको ईन्टर मिलानको १८ खेलबाट ४० अंक छ ।पराजित काग्लियारीको १८ खेलबाट १४ अंक छ र १७ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi