neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बार्सिलोनालाई पराजित गर्दै एथ्लेटिक बिल्बाओले जित्यो स्पेनिस सुपर कपको उपाधि

बार्सिलोनालाई पराजित गर्दै एथ्लेटिक बिल्बाओले जित्यो स्पेनिस सुपर कपको उपाधि

Jan 18th, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,माघ ५

स्पेनिस सुपर कप फुटबलको उपाधि एथ्लेटिक बिल्बाओले जितेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनालाई ३-२ ले पराजित गर्दै एथ्लेटिक बिल्बाओले स्पेनिस सुपर कप फुटबलको उपाधि जितेको हो ।

एथ्लेटिक बिल्बाओलाई जित दिलाउन ओस्कर डे मार्कोस,असिएर विल्लालिब्रे र इनकी विल्लम्सले एक-एक गोल गरे । बार्सिलोना का एन्टोइन ग्रिजमानले दुई गोल फर्काएका थिए ।

खेलमा पहिलो अग्रता बार्सिलोनाले लिएको थियो । खेलको ४० औं मिनेटमा एन्टोइन ग्रिजमानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।लगत्तै दोस्रो मिनेटमा बिल्बाओका ओस्कर डे मार्कोसले गोल गर्दै खेल बराबरीमा फर्काए ।

दोस्रो हाफको ७७ औँ मिनेटमा ग्रिजमानले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए। तर ९० औं मिनेटमा बिल्बाओका असिएर विल्लालिब्रे गोल गर्दै खेल बराबरीमा फर्काए ।

निर्धारित समय २-२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको  थियो ।

अतिरिक्त समयमा एट्लेटिको बिल्बाओका इनकी विल्लम्सले गोल गर्दै टोलीलाई जित दिलाए ।

त्यसतै अतिरिक्त समयमा बार्सिलोनाका १० खेलाडीमा समेटिएको थियो ।बार्सिलोनाका कप्तान लिओनल मेस्सीले बिल्बाओका भिलालिब्रालाई फाउल गरेपछि मेस्सीले रातो कार्ड पाएका थिए ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi