neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • प्रिमियर लिग फुटबलमा टोटेनहमको सहज जित

प्रिमियर लिग फुटबलमा टोटेनहमको सहज जित

Jan 17th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, ४ माघ

प्रिमियर लिग फुटबलमा टोटनह्यामले सहज जित निकालेको छ । आईतबार राति भएको खेलमा टोटनह्यामले सेफिल्ड युनाइटेडलाई ३-१ गोलले पराजित गरेको हो ।

टोटनह्यामलाई जित दिलाउन सर्ज अउरियर ,ह्यारी केन र ट्यानगुय न्दोम्बेलेले एक एक गोल गरे ।सेफिल्ड युनाइटेडका डेभिड म्याकगोल्ड्रिकले एक गोल गरे ।

खेलको पाँचौ मिनेटमा सर्ज अउरियरले गोल गर्दै वेस्ट टोटनह्यामलाई सुरुवाती अग्रता दिलाएका थिए। ४० औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटनह्यामलाई २-० ले अघि बढाए।

दोस्रो हाफको ५९ औँ मिनेटमा सेफिल्ड युनाइटेडका डेभिड म्याकगोल्ड्रिकले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।तर,खेलको ६२ औं मिनेटमा टोटनह्यामका ट्यानगुय न्दोम्बेलेले गोल गर्दै टोलीलाई ३-१ ले अघि बढाए।त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र टोटनह्यामले जित निकलेको हो ।

जितसँगै टोटनह्यामले १८ खेलबाट ३३ अंक जोडेको छ र चौंथो स्थानमा उक्लिएको छ । पराजित सेफिल्ड युनाइटेडको ५ अंक छ र पुछारमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi