neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

चोरीको मोटरसाईकलसहित दुुई जना पक्राउ

Jan 17th, 2021

काठमाडौ, माघ ४

महानगरीय ट्राफिक प्रहरी महाशाखाले भक्तपुरबाट चोरी भएको २२० सिसिकोपल्सर मोटरसाईकल सहित २ जनालाई पक्राउ गरेको छ । पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले आज गौशाला क्षेत्रबाट जिल्ला सिन्धुपाल्चोक लिसङ्खुपाखर गाउँपालिका वडा नं. ९घर भई साँखु बस्ने वर्ष २५ को रुद्र बहादुर श्रेष्ठले बास्तविक नम्वर प्लेट परिवर्तन गरी बा९९प ४११४ नम्वरको रातो कालो रङ्गको पल्सर मोटरसाईकल चलाइरहेको अवस्थामा मोटरसाईकलसहित पक्राउ गरेको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिनुभयो ।

उक्त मोटरसाईकल सिन्धुपाल्चोक तौथली घर भई साँखु बस्ने बर्ष २६ को बिक्रम भन्ने भुवनराज श्रेष्ठले दिएको खुल्न आएको छ । भक्तपुर नगरपालिका वडा नं ४ बस्नेसुमन सुवालको बास्तबिक नम्बर बा९४प ९३३८भएको रातो कालो रङ्गको २२० सिसिकोपल्सर मोटरसाईकल भक्तपुर सुर्यबिनायकबाट हराएको भनि यस महाशाखामा निवेदन दिएका थिए हराएको निबेदनको आधारमा सुचना संकलन र हुलियाको आधारमा खोजतलास गरिहराएको मोटरसाईकल र चोरीमा संलग्न २ जनालाई पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, जगातीपठाईएको महाशाखाका प्रवक्ता एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिनुभयो ।

यस आ.व.०७७र७८ मा चोरीको मोटरसाइकल सहित संलग्न ३२ जनालाई पक्राउ गरी मुद्दा चलाउन विभिन्न प्रहरी ईकाइमा पठाएको छ भने चोरी भई खोजतलास गरी १४७ वटा मोटरसाईकल सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi