neapl investment mega bank
  • गृहपृष्ठ
  • कर्जा र निक्षेपको बृद्धि ६ प्रतिशतको हाराहारी, ब्याज गत वर्षभन्दा २२ प्रतिशतले कम

कर्जा र निक्षेपको बृद्धि ६ प्रतिशतको हाराहारी, ब्याज गत वर्षभन्दा २२ प्रतिशतले कम

Jan 17th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, पुष ४

कोरोना महामारीका बिचमा बढेको आर्थिक कारोबारका कारण पछिल्लो समय कर्जा प्रवाह बढेको छ । जसका कारण अहिले निक्षेपकै हाराहारीमा कर्जा प्रवाह भएको देखिएको छ ।

आर्थिक वर्ष २०७७/७८ को पाँच महिनामा कुल आन्तरिक कर्जा ६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ३.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ मंसिर मसान्तमा यस्तो कर्जा १६.३ प्रतिशतले बढेको छ ।

मंसिर मसान्तसम्म मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ७.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी ७.३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ मंसिर मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी १३.१ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ६.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ४ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २१.६ प्रतिशतले बढेको छ ।

२०७७ मंसिरमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.१ प्रतिशत, ३३.१ प्रतिशत र ५०.० प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.१ प्रतिशत, ३२.० प्रतिशत र ४९.१ प्रतिशत रहेको थियो ।

मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ७.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ६.२ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १२.९ प्रतिशतले बढेको छ ।

निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ७.० प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह ९.० प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ०.४ प्रतिशतले बढेको छ ।

२०७७ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.३ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.१ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ ।

आर्थिक वर्ष २०७७/७८ को पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा १२ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ३ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ३.७ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ५.६ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ५.९ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ९.२ प्रतिशतले बढेको छ ।

कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ७.१ प्रतिशतले, ओभरड्राफ्ट कर्जा ६.८ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा ९.९ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) २.६ प्रतिशतले, मार्जिन प्रकृति कर्जा ३४.६ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा १.६ प्रतिशतले बढेको छ भनेहायर पर्चेज कर्जा ३.३ प्रतिशतले घटेको छ ।

वाणिज्य बैंकहरुको औसत आधार दर २०७६ मंसिरमा ९.४६ प्रतिशत रहेकोमा २०७७ मंसिरमा ७.३६ प्रतिशत कायम भएको छ । २०७७ मंसिरमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ५.१४ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ९.३७ प्रतिशत रहेको छ ।