neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

पीएसजी लिग वान फुटबलको शीर्ष स्थानमा

Jan 17th, 2021

आधारभूमि संवाददाता
काठमाडौ, ४ माघ


लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा पीएसजीले एन्जर्सलाई उसकै घरेलु मैदानमा १-० गोलले पराजित गर्दै लिग वान फुटबलको शीर्ष स्थानमा उक्लिएको हो ।

पीएसजीलाई जित दिलाउन लेवविन कुर्जावाले विजयी गोल गरे । कुर्जावाले दोस्रो हाफको ७० औं मिनेटमा गोल गरेका हुन् ।

जितसंगै पीएसजीले २० खेलबाट ४२ अंक जोडेको छ र शीर्ष स्थानमा उक्लिएको छ । पराजित एन्जर्सको ३० अंक छ र सातौं स्थानमा छ ।दोस्रो स्थानको लियोनको १९ खेलबाट ४० अंक छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi