काठमाडौ, माघ ३
नेपाल मैदा उद्योग संघको २२ औं बार्षिक साधारण सभाले कुमुदकुमार दुगडलाई आगामी २ बर्षको लागि अध्यक्ष पदमा निर्बिरोध चयन गरेको छ । उक्त सभा माघ २ गते शुक्रबार काठमाण्डौमा सम्पन्न भएको हो ।
सभाले प्रथम उपाध्यक्षमा दिनेश कुमार अग्रवाल, दितिय उपाध्यक्षमा शुलभ अग्रवाल, तृतिय उपाध्यक्षमा रमेश राजकर्णिकार र महासचिवमा राधेश्याम अग्रवाललाई चयन गरेको छ । अध्यक्ष दुगड बिगतमा २ कार्यकाल संघको अध्यक्ष भइसकेकाछन । सभाले संघको नयां नेतृत्वको लागि पून उनलाईनै अध्यक्ष पदमा िनर्विरोध चयन गरेको छ ।
सभाले मुल्य अभिबृद्धि करका कारण आयातित मैदा संग प्रतिस्पर्धा गर्न नसकेको हुंदा मु.अ.कर छुटमा बिचार गरि दिन नेपाल सरकार समक्ष अनुरोध गर्ने, मैदा नेपालमै आत्मनिर्भर भैसकेको हुंदा अन्य मुलुकबाट आयातहुने मैदा पूर्ण बन्देज हुनु पर्ने, कच्चापदार्थ गहुं र तयारी बस्तु मैदा आयातग र्दा भन्सार मुल्याङ्कन कमसेकम दुई तहले फरक हुनु पर्ने, गहुं र मैदा आयात गर्दाको भन्सार शुल्कको फरक कम भएकोले कम्तिमा पनि दुई तह फरक हुनु पर्ने, गहुं आयातमा पाँच प्रतिशत कृषि सुधार शुल्कलाई उद्योगकै नाममा गहुं आयातगर्दा एक प्रतिशत हुन पर्ने, कमसेकम अफ सिजनमा भएपनि स्वदेशी उद्योगलाई सहुलियत दरमा गहुं आयात गर्न पाउनु पर्ने, फ्लोर फोर्टिफिकेशन आयातित मैदामा पनि हुनु पर्ने, नेपालमा गहुं उत्पादन बढाउन किसान, सरकार र व्यवसायिको सहकार्य गर्दै जाने र मैदा निर्यातमा दिंदै आएको निर्यात अनुदानलाई पून पाँच प्रतिशत कायम हुनु पर्ने माग पनि व्यवसायीहरुले गरेकाछन । यसले गर्दा स्वदेशी मैदा विदेश निर्यात हुने असर देखिन्छ, उनीहरुको भनाई छ ।