neapl investment mega bank
  • गृहपृष्ठ
  • ललितपुर महानगरपालिकाद्धारा निर्वाचित नगर सदस्यहरुको भेला सम्पन्न

ललितपुर महानगरपालिकाद्धारा निर्वाचित नगर सदस्यहरुको भेला सम्पन्न

Jan 15th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, माघ २


ललितपुर महानगरपालिकाले आफ्नो निर्वाचित सदस्यहरुको भेला आयोजना गरेको छ । महानगरले शुुक्रबार ललितपुरमा भेला आयोजना गरेको हो ।

भेलामा ललितपुर नेकपा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज शुशिला नेपालले अहिले पार्टी र देशमा विषम परिस्थिति देशी र विदेशी शक्तिहरुले सृजना गरेकोले नेकपा पार्टी अध्यक्षले राष्टियता र पार्टीलाई जोगाउन संविधान विघटन गर्नु परेको बताईन । उनले देशमा अन्य धेरै प्रधानमन्त्री भए कसैले राष्ट्रियता र जनतालाई कोरोना जस्तो महामारी आउदा पनि सचिवालय बैठक ८२ पटक बस्दा पनि कुनै नेताले राहतको उच्चारण नगरेको दुख व्यक्त गर्दै यस्तो राष्टवादी नेता प्रधानमन्त्री पाएकोमा खुशी व्यक्त गरिन् ।

यसैगरी नेकपा केन्द्रिय सदस्य नेकपा जिल्ला अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले नेकपा पार्टी अध्यक्षले आफ्नै पार्टी भित्रकाले काम गर्न नदिएका र बाह्य शक्ति केन्द्रका कारण संसद विघटन गर्नुु परेको बताए । नेकपा बागमती प्रदेश कमिटी सदस्य बाबुकाजी प्रधानले नेकपा नेताहरु प्रचण्ड, नेपाल, शेर बहादुर देउवालाई प्रधानमन्त्री खाइदिनुस भन्दै रोइलो गर्दै हिडेको नेकपा केन्द्रिय सदस्य तथा ललितपुर महानगर कमिटिका अध्यक्ष आस्था शाक्यले जनताले केन्द्रिय सदस्य जिल्ला सदस्य भन्दा नगर सदस्यसंग बढी जनसरोकारका चासोको काममा रहने भएकोले तपाई नगर सदस्यहरु पार्टी र जनताका सरोकारका काममा लाग्न र जनसरोका काममा लाग्न आग्रह गरिन ।

नेकपा पार्टी अध्यक्षलाई सबै दलहरुवाट ताना शाहीको आरोप लगाईकोमा पार्टी देश संकटमा परेको बेला तानाशाही नबने देशको अस्तित्व जोगाई राख्नलाई पार्टी अध्यक्षले तानाशाही बन्नु परेर संसद विघटन गर्नुु परेको बताइन् । नगर सदस्य महेन्द्र श्रेष्ठले पार्टी एकीकरण लाग्नुपर्नेमा नेतृत्वहरुलाई आग्रह गरे । वडा न.ं२४ नगर सदस्य दिनेश पाण्डेले पार्टीले तीन बर्षदेखि जिम्मेवारी विहिन बनाएकोमा दुख व्यक्त गर्दै पार्टी एकीकरणमा लाग्न नेतृत्वलाई आग्रह गरे ।

कार्यक्रममा वडा नं.११ कि वडा सदस्य आपुलु शाक्यले पार्टी दुर्घटना परेकोले बचाउन आग्रह गरिन् । यसैगरी वडा नं. २० का वडा सदस्य रामकुमार परियारले नगर सदस्यहरु पार्टीका डाइमण्ड हुन कौरव र पाण्डवको लडाई जस्ता भएकोले आफैले पाण्डवको भुमिका खेल्न पर्ने नगर सदस्यहरुको काँधमा आएको बताए ।