neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • नेपाल हस्तकला महासंघको ४० औं वार्षिक साधारण सभा सम्पन्न

नेपाल हस्तकला महासंघको ४० औं वार्षिक साधारण सभा सम्पन्न

Jan 15th, 2021

काठमाडौ, माघ २

नेपाल हस्तकला महासंघको ४० औं वार्षिक साधारण सभा जिल्ला प्रशासन कार्यालय काठमाडौंंबाट स्वीकृति लिई यही पुुस २९ गते बुधबार महासंघका अध्यक्षश्री सुरेन्द्र भाई शाक्यको सभापतित्वमा सिमित संख्यामा महासं३को सचिवालयमा भेलाभई भर्चुअल माध्यमबाट सम्पन्न भएको छ ।

उक्त साधारण सभाको उद्घाटन कार्यक्रमको प्रमुख आतिथ्यता महासंघका संस्थापक अध्यक्ष सागर समशेर राणाल गरेका थिए । सो सभामा सुचना तथा संचार प्रविधि मन्त्री पार्वत गुरुङ्ग, नेपाल सरकारका उद्योग, सचिव चन्द्र कुमार घिमिरे , वाणिज्य तथा आपूर्ति सचिव डा. बैकुण्ठ अर्यालले भर्चुअल माध्यमबाट शुभकामना दिएका थिए ।

त्यसैगरी व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्याकारी निर्देशक शरद बिक्रम राणा, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश कुमार अग्रवाल र नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंहले भर्चुअल जुम बाट शुभकामना मन्तव्य व्यक्त गरेका थिए । वार्षिक सभाको बन्द शत्रमा कार्यसमितिको वार्षिक प्रतिवेदन, वित्तिय प्रतिवेदनमाथि छलफल भई पारित गरिएको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi