neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • रियल मड्रिडलाई हराउँदै एथ्लेटिक बिल्बाओ फाइनलमा प्रवेश

रियल मड्रिडलाई हराउँदै एथ्लेटिक बिल्बाओ फाइनलमा प्रवेश

Jan 15th, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,माघ २

साविक विजेता  रियल मड्रिड स्पानिस सुपर कपबाट बाहिरिएको छ । बिहिबार राति दोस्रो सेमिफाईनलमा रियल मड्रिडलाई २-१ गोल ले पराजित गर्दै बिल्बाओ स्पेनिस सुपर कप फुटबलको फाइनलमा प्रवेश गरेको हो ।

एथ्लेटिक विल्वाओलाई जित दिलाउन राहुल गार्सियाले दुई गोल गरे।रियलको करिम बेन्जामाले एक गोल फर्काए ।

खेलको १८ औँ मिनेटमा राहुल गार्सियाले गोल गर्दै बिल्बाओलाई सुरुवाती अग्रता दिलाएका थिए। ३८ औँ मिनेटमा गार्सियाले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

दोस्रो हाफको ७३ औँ मिनेटमा रियलको करिम बेन्जामाले गोल गर्दै खेललाई २-१ को अवस्थामा ल्याए ।त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र बिल्बाओले जित निकालेको हो।

जितसंगै एथ्लेटिक बिल्बाओ फाइनलमा प्रवेश गरेको छ । बिल्बाओले उपाधिको लागि आइतबार बार्सिलोनासँग भिड्ने छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi