neapl investment mega bank
  • गृहपृष्ठ
  • दरबारमार्गको सामसङ्ग डिजिटल प्लाजा अझ विस्तार हुँदै

दरबारमार्गको सामसङ्ग डिजिटल प्लाजा अझ विस्तार हुँदै

Jan 14th, 2021

काठमाडौ, माघ १

सामसङ्ग इलेक्ट्रोनिक्स तथा घरयासी उपकरणहरुको नेपालका लागि अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले दरबारमार्गको डिजिटल प्लाजालाई अपग्रेड र विस्तार गरेको छ । करिब ४३०० स्क्वायर फिटमा फैलिएको यो शोरुम नेपालको शोरुमहरु मध्ये एक ठुलो शोरुममा पर्दछ ।
सामसङ्ग इलेक्ट्रोनिक्स लि.का भाईस प्रेसिडेन्ट सुंग जुनपार्कले शोरुमको उद्घाटन गरेका छन् । सामसङ्ग प्लाजाले आफ्ना ग्राहकहरूलाई बिभिन्न तरिकाहरूमार्फत सुविधा पु¥याउदै आइरहेको छ ।

सामसङ्ग डिजिटल प्लाजामा किउ एलईडी टिभी,एलईडी टिभी, रेफ्ररिजेरेटर, वासिङ मेसिन, माइक्रो ओभन, मोबाइलफोन जस्ता सामसङ्गका उत्पादनहरु रहेका छन् । यसबाहेक हिम इलेक्ट्रोनिक्सले उपत्यकाभित्र रहेका ६ वटा सामसङ्ग डिजिटल प्लाजा र उपत्यका बाहिर विभिन्न स्थानमा रहेका पाँचवटा सामसङ्ग डिजिटल प्लाजामार्फत ग्राहकहरुलाई उच्च गुणस्तरीय तथा नवीनतम उत्पादनहरु प्रदान गर्दै आइरहेको छ । यस कम्पनी देशभरका ग्राहकहरुलाई सुलभ मूल्यमा उच्च गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ ।