neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सामाजिक सञ्जालमा जब भ्याकेन्सीको विज्ञापन राखी ठगी गरेको अभियोगमा पक्राउ

सामाजिक सञ्जालमा जब भ्याकेन्सीको विज्ञापन राखी ठगी गरेको अभियोगमा पक्राउ

Jan 14th, 2021

काठमाडौं, १ माघ

सामाजिक सञ्जाल फेसबुकमा जब भ्याकेन्सीुको विज्ञापन राखी ठगी गरेको अभियोगमा काठमाडौं काडाँघारी बस्ने दोलखा जिरी नगरपालिका-८ घर भएका २३ वर्षीय शिव खड्कालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

फेसबुकमा जब भ्याकेन्सीु नामको पेज बनाई बेरोजगार युवाहरुलाई आकर्षक तलब, सुविधा दिने झुठो आश्वासन दिलाई सुरूमा १ हजार ५ सयदेखि ३ हजार ५ सय रुपैयाँसम्म ईसेवा मार्फत डिपोजिट गर्नुपर्छ भनी ४३ जना युवाहरुबाट रकम ठगी गरी फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

खड्कालाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको उक्त महाशाखाले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi