neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • युभेन्ट्स कोपा इटालिया फुटबलको क्वाटरफाइनलमा

युभेन्ट्स कोपा इटालिया फुटबलको क्वाटरफाइनलमा

Jan 14th, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,माघ १


युभेन्ट्स कोपा इटालिया फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।बुधबार राति भएको खेलमा युभेन्ट्सले जिनोआलाई ३-२ गोलले पराजित गर्दै कोपा इटालिया फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको हो।

युभेन्ट्सलाई जित दिलाउन डिजान कुलुसेभ्स्की, अल्भारो मोराटा र हम्जा राफियाले एक एक गोल गरे । जिनोआका लेननार्ट सिबोरा र फिलिप्पो मेलेगोनीले एक एक गोल फर्काएका थिए ।

खेलको दोस्रो मिनेटमा डिजान कुलुसेभ्स्कीले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए। २३ औँ मिनेटमा अल्भारो मोराटाले गोल गरेपछि युभेन्ट्स २-० ले अघि बढ्यो।

त्यसको ५ मिनेटपछि जिनोआका लेननार्ट सिबोरा गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।

दोस्रो हाफको ७४ औँ मिनेटमा फिलिप्पो मेलेगोनीले गोल गर्दै खेल बराबरीमा फर्काएका थिए ।

तर,दोस्रो हाफको ईन्जुरी समयमा हम्जा राफियाले गोल गर्दै युभेन्ट्सलाई ३-२ को जित दिलाए ।

जितसंगै युभेन्ट्स कोपा इटालिया फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi