neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बार्सिलोना स्पेनिस सुपर कप फुटबलको फाइनलमा

बार्सिलोना स्पेनिस सुपर कप फुटबलको फाइनलमा

Jan 14th, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,माघ १

बार्सिलोना स्पेनिस सुपर कप फुटबलको फाईनलमा प्रवेश गरेको छ ।बुधबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई टाइब्रेकरमा ३-२ गोलले पराजित गर्दै स्पेनिस सुपर कप फुटबलको फाईनलमा प्रवेश गरेको हो।

निर्धारित ९० मिनेटको खेल १-१ गोलको बरबरीमा टुङ्गिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।

३० मिनेट थपिएको अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि टाइब्रेकरमा पुगेको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ३-२ ले पराजित गरेको हो।

टाइब्रेकरमा बार्सिलोनाका ओस्मान डेम्बेले, मिरालिम पाजनिक र रिकी पुजले गोल गरे भने फ्रान्क डी जोङ र एन्टोनियो ग्रिजम्यान गोल गर्नबाट चुके ।

रियल सोसिडाडका अदनान जानुजाज र मिकेल मेरिनोले गोल गरे भने मिकेल ओयाराज्बाल, जोन बाउटिस्टा र विलियन जोसेको प्रहार बार्सिलोनाका गोलकिपरले रोकिदिए ।

टाइब्रेकर अघि ३९ औं मिनेटमा बार्सिलोनाले फ्रेन्की डे जोङको गोलबाट अग्रता लिएको थियो । तर, दोस्रो हाफको ५१ औं मिनेटमा मिकेल ओयाराज्बालले गोल गर्दै खेल १-१ गोलको बराबरीमा फर्काएका थिए ।

जितसंगै बार्सिलोनाले उपाधिका लागि रियल मड्रिड र एथ्लेटिक बिल्बाओबीचको विजेतासँग खेल्नेछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi