neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

सुपर कपको उपाधि पीएसजीलाई

Jan 14th, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,माघ १

ट्रफी डेस चाम्पियन्स (सुपर कप) को उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जितेको छ ।

बुधबार राति भएको फाइनल खेलमा मार्सेलीलाई २–१ ले पराजित गर्दै पीएसजीले ट्रफी डेस चाम्पियन्स (सुपर कप) को उपाधि जितेको हो ।

पीएसजीलाई जित दिलाउन माउरो इकार्डी र नेयमारले एक-एक गोल गरे ।मार्सेलीका दिमिट्री पायटले एक गोल फर्काएका थिए ।

खेलको ३९ औँ मिनेटमा पीएसजीका माउरो इकार्डीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफको ८५औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।८९ औं मिनेटमा मार्सेलीका दिमिट्री पायटले गोल गर्दै खेललाई २-१ को अवस्थामा ल्याए ।त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र पीएसजीले जित निकालेको हो ।

योसँगै पीएसजीले १० औं पटक ट्रफी डेस चाम्पियन्स (सुपर कप) को उपाधि जितेको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi