neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

सेनाद्धारा हतियार सहित मानिस प्रकाउ

Jan 13th, 2021

काठमाडौ, पुुस २९

नेपाली सेनाले हतियार सहित मानिस प्रकाउ गरेको छ । नेपाली सेना र निकुञ्ज कर्मचारी सहितको पट्रोल टोलीले यही पुस २७ गते शेफोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्र अन्तर्गतको त्रिपुरा सुन्दरी न.पा.११ स्थित थर्मु निगालीगौराबाट अवैध जिवजन्तु तस्करीमा संलग्न एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा त्रिपुरासुन्दरी न.पा. ६ बस्ने बर्ष ५३ को लक्ष्मीचन्द्र शाही रहेको र निजको साथबाट बरामद भएको भरुवा बन्दुक थान १, ऐ. मा लाग्ने गोली थान १९, ऐ. मा लाग्ने छर्रा थान १, ऐ. को केप थान १, बारुद डब्वा थान १, शिकार गरिएको जनावरको मासु तथा शिकारको लागि आवश्यक अन्य बन्दोबस्तीका सामाग्रीहरु सहित आवश्यक कारवाहीको लागि निकुञ्ज कार्यालयमा बुझाइएको सेनाले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi