neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • स्पेनिस ला लिगा : शीर्ष स्थानको एट्लेटिकोको ४ अंकको अग्रता

स्पेनिस ला लिगा : शीर्ष स्थानको एट्लेटिकोको ४ अंकको अग्रता

Jan 13th, 2021

आधारभूमि संवाददाता
काठमाडौ, पुुस २९


स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एट्लेटिकोले ४ अंकको अग्रता बनाएको छ । मंगलबार राति भएको खेलमा एट्लेटिकोले सेभियालाई २-० गोलले पराजित गरेको हो ।

एट्लेटिकोलाई जित दिलाउन एन्जिल कोर्‍ए र सौल निगुएजले एक-एक गोल गरे।एट्लेटिकोले एक गोल पहिलो हाफमा र एक गोल दोस्रो हाफमा गरेको हो ।

खेलको १७ औँ मिनेटमा एन्जिल कोर्‍एले गोल गर्दै एट्लेटिकोलाई सुरुवाती अग्रता दिलाएका थिए।

त्यसपछि दोस्रो हाफको ७६ औँ मिनेटमा सौल निगुएजले गोल गर्दै टोलीलाई २-० को जित दिलाए।

जितसँगै एट्लेटिकोले १६ खेलबाट ४१ अंक जोडेको छ र शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ ।दोस्रो स्थानको रियल मड्रिडको १८ खेलबाट ३७ अंक छ ।पराजित सेभियाको १७ खेलबाट ३० अंक छ छैटौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi