neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

चोरीको मोटरसाईकल सहित २ जना पक्राउ

Jan 12th, 2021

काठमाडौ, पुुस २८

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गर्ने २ जनालाई मोटरसाईकलसहित पक्राउ गरेको छ पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले आज विहान अं. ०१ः३० बजेको समयमा काठमाण्डौं चन्द्रागिरी नगरपालिका वडा नं. २ नागढुंगा स्थित सडक खण्डबाट धादिङ्ग गल्छी गाउँपालिका बस्ने वर्ष २७ को बिजय तामाङ्गरवर्ष १८को आईतराज तामाङ्गलाई प्रदेश ३–०२–०११ प ७२४१ नम्वरको कालोरातो रंङ्गको १५० सी.सी.को पल्सर मोटरसाईकल सहित पक्राउ गरेको महाशाखाले जनाएको छ ।

उपत्यकाको विभिन्न स्थानबाट मोटरसाईकलहरू चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको गोप्य सूचनाका आधारमा निगरानी राखी ती व्यक्तिहरूलाई पक्राउ गरिएकोजानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिनुभयो ।

किर्तिपुर नगरपालिका वडा नं ७ बस्ने पुण्य महर्जनको उक्त मोटरसाईकल काठमाण्डौं चोभारबाटै हराएको भनि ट्राफिक महाशाखामा हुलिया निवेदन दिएका थिए ।महाशाखाले चोरी भएको उक्त मोटरसाईकलको नम्बर प्लेट परिबर्तन भएको अबस्थामा पक्राउ गरेको र वास्तविक नं. प्रदेश ३-०२,०१४प ०३३९ रहेको बताएको छ ।

हराएको निबेदनको आधारमा सुचना संकलन र हुलियाको आधारमा खोजतलास गरिहराएको मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, किर्तिपुर पठाईएको महाशाखाका प्रवक्ता एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिनुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi