neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

अस्थायी मोटरेबल पुल निर्माण

Jan 12th, 2021

लमजुङ, २८ पुस /रासस

यहाँका स्थानीयले जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका वडा नं ४ स्यागे र वडा नं ५ घेर्मुलाई जोड्ने अस्थायी मोटरेबल काठको पुल निर्माण गरेका छन् । स्यागेका समाजसेवी नरबहादुर गुरुङको विेशष सक्रियतामा पुल निर्माण भएको हो ।

नवनिर्मित पुलको समाजसेवी स्थानीय स्व।मुक्तबहादुर गुरुङका श्रीमतीद्वय कुमालेस्यो र दिलमाया गुरुङले आइतबार संयूक्त रुपमा पुलको उद्घाटन गर्दै गाउँगाउँमा उत्पादित तरकारी बजारसम्म लैजानका लागि सहज हुनुका साथै गाउँगाउँमा समेत आम्दानी भित्र््याउन सकिने बताउनुभयो ।

गाउँमा बिरामी परेको बेलामा एम्बुलेन्स समेत सहज रुपमा आउन सक्ने भएकाले स्थानीयहरुलाई धेरै फाइदा पुग्ने उहाँहरुको भनाइ छ । त्यस्तै समाजसेवी नरबहादुर गुरुङले भन्नुभयो, “हामीलाई वारपार गर्न कठिन भएकाले स्थानीय सबै मिलेर पुल निर्माण गर्न सक्यौँ । यो स्थायी नभएकाले वर्षातमा बाढीले लैजाने खतरा भने रहेकोछ ।” केही समयका लागि भएपनि यस पुलले ती दुई वडाका स्थानीय सजिलैसँग वारपार गर्नुका साथै सवारी साधनमा यात्रा गर्न सहज भएको उहाँको भनाइ छ ।

पुल बनाउन कूल रु ४ लाख ६६ हजार १६ मा सङ्कलन भएको स्थानीयको भनाइ छ । पुल निर्माण उपभोक्ता समितिका सचिव घनश्याम घलेले सङ्कलित सो रकम मध्ये रु २ लाख ७८ हजार १५ पुल निर्माणमा खर्च भएको बताउनुभयो । घेर्मु गाउँमा पहिलो पटक मोटर पुग्दा स्थानीय निकै हर्षित भएका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi