neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

चोरीका मोटरसाईकल चलाउने पक्राउ

Jan 11th, 2021

काठमाडौ, पुुस २७

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गर्ने एक जनालाई मोटरसाईकलसहित पक्राउ गरेको छ । पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले स्रोहखुट्टेबाट बालाजुतर्फ गईरहेको प्रदेश ३-०२-०१५ प १७७३ नम्वर कालो रातो रंङ्गको २२० सी.सी.को पल्सर मोटरसाईकल सवार गरिरहेको अवस्थामा बालाजु, बसन्तनगरबाट पक्राउ गरेको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिएकाछन ।

पक्राउ पर्नेमा जिल्ला धादिङ्ग गल्छी गाउँपालिका वडा नं. ७ मछेडीखोला बस्ने वर्ष २२ को भिमसेन खड्कालेरहेको महाशाखाले जनाएको छ । अनुसन्धानको क्रममा उक्त मोटरसाईकलको वास्तविक नं. प्रदेश ३-०२,०१४प ०३३९ खुल्न आएको छ ।

उक्त नम्वरको मोटरसाईकल सिपाडोल भक्तपुरबाट हराएको हुँदा खोज तलास गरी पाउँ भनि जिल्ला खोटाङ दिकतेल १५ बस्ने चित्र बहादुर खत्रीले ट्राफिक महाशाखामा दिएको हुलिया निवेदनका आधारमा मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, जगाती, भक्तपुर, पठाईएको महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi