neapl investment mega bank
  • गृहपृष्ठ
  • स्वतन्त्रनिर्माण कालिगढ सङ्घको तेश्रो साधारण सभा सम्पन्न

स्वतन्त्रनिर्माण कालिगढ सङ्घको तेश्रो साधारण सभा सम्पन्न

Jan 11th, 2021

भक्तपुर, पुस २७

स्वतन्त्र निर्माण कालिगढ सङ्घको तेश्रो वार्षिक साधारण सभा तथा पहिलो अधिवेशन शनिबार सम्पन्न भएको छ । जगदम्बा स्टिल्स प्रा.लि.का नेशनल सेल्स मेनेजर पदम प्रसाइँको प्रमुख आतिथ्यमा भएको उक्त सभा सङ्घका अध्यक्ष रामशरण बरुवालको सभापतित्वमा सम्पन्न भएको थियो ।

सभामा रिद्धि सिद्धि सिमेन्टका मेनेजर अनुज महत, आयोजक सङ्घका रामकृष्ण बखुन्छेँ, सत्यराम सुकुभटु, कृष्णप्रसाद कर्माचार्य, आरजु पाण्डे लगायतले बोलेका थिए । सभाले रामकृष्ण बखुन्छेँको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको छ ।