neapl investment mega bank
  • गृहपृष्ठ
  • लक्ष्मी बैंकद्धारा थुलुङ्ग दुधकोशी गाउँपालिकासंग सम्झौता

लक्ष्मी बैंकद्धारा थुलुङ्ग दुधकोशी गाउँपालिकासंग सम्झौता

Jan 11th, 2021

काठमाडौ, पुुस २७

लक्ष्मी बैंकले थुलुङ्ग दुधकोशी गाउँपालिकासंग सम्झौता गरेको छ । बैंकले सोलुखुम्बु जिल्लाको थुलुङ्ग दुधकोशी गाउँपालिकामा सहुलियतपूर्ण कर्जा प्रवाह गर्नका लागि गाउँपालिकासँग सम्झौता सम्पन्न गरेको हो ।

यस सम्झौता अन्तर्गत उक्त गाउँपालिकाको सहजीकरण एवं सिफारिसमा स्थानिय उद्यमि, सहकारी लगायत अन्य संघ संस्थाहरुले बैंकबाट सहुलियतदरमा कर्जा प्राप्त गर्न सक्नेछन् । एक कार्यक्रमबीच लक्ष्मी बैंकका रिटेल फाइनान्सियल सर्भिसका प्रमुख दिपेश अमात्य तथा थुलुङ्ग दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुुन । सो कार्यक्रममा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले गाउँपालिकाहरुमा कृषि तथा पर्यटन लगायत सम्भाव्यता बोकेका क्षेत्रहरुमा कर्जा लगानी गर्न बैंक तत्पर रहेको धारणा ब्यक्त गरे ।

यस सम्झौताले स्वरोजगार तथा उद्यमशिलता विकास गरी आर्थिक रुपमा सबल गाउँपालिका निर्माण गर्न सहयोग पुग्ने अपेक्षा राखिएको बैकले जानकारी दिएको छ ।