neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल चेम्वर अफ कमर्स तथा फेडरेसन अफ इजराइल चेम्वर अफ कमर्सबिच समझदारी

नेपाल चेम्वर अफ कमर्स तथा फेडरेसन अफ इजराइल चेम्वर अफ कमर्सबिच समझदारी

Jan 11th, 2021

काठमाडौ, पुस २७

नेपाल चेम्बर अफ कमर्स र फेडरेशन अफ इजराइल चेम्बर अफ कमर्स बीच आज एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुवै पक्षका पदाधिकारी तथा इजराइल स्थित नेपाल का राजदूत डा.अन्जान शाक्य तथा नेपाल स्थित इजरायलका राजदूत श्री हनान गोडर गोल्डबर्गरको समुपस्थितिमा आयोजित भर्चुअल मीटिङमा उक्त समझदारी पत्रमा नेपाल चेम्बर अफ कमर्सको तर्फबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल र फेडरेशन अफ इजराइल चेम्बर अफ कमर्सको तर्फबाट उपाध्यक्ष श्री अमिर सानीले हस्ताक्षर गर्नु भएको थियो ।

उक्त कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले यस समझदारी पत्रबाट दुवै मुलुकका व्यावसायीक निकायवीच व्यापारिक सम्बन्ध कायम हुने विश्वास व्यतm गर्नु भयो ।यसबाट नेपाल र इजराइल वीच आर्थिक सम्वन्ध सुदृढ हुने वताउनु भयो । नेपाल र इजराइल वीच कुटनीतिक सम्वन्ध स्थापना भएको ६० वर्ष पुगेको अवसरमा निजी क्षेत्रका अग्रणी संस्था वीच भएको समझदारी हामी सवैको लागि महत्व रहेको बताउनुभयो ।

इजराइलका लागि नेपालका राजदूत डा.अन्जान शाक्यले नेपाल र इजराइलका निजी क्षेत्रवीच सम्वन्ध बिस्तारका लागि दुवै चेम्वरको सोझै सम्पर्क कायम राख्न यस समझदारी पत्र भएको उल्लेख गर्नु भयो । साथै इजराइलमा नेपालमा उत्पादित चियाको बजार क्रमशः बिस्तार हुंदै गएकोले नेपाली उत्पादनकालागि इजराइल राम्रो गन्तव्य हुने धारणा व्यक्त गर्नु भयो । नेपालका लागि इजराइलका राजदूत श्री हनान गोडर गोल्ड वर्गरले नेपाल पर्यटकीय संभावना भएको मुलुक भएको उल्लेख गर्नु हुंदै साहसिक पर्यटनको निमित्त इजराइली पर्यटकको लागि उपयुक्त गन्तव्य भएको बताउनु भयो । इजराइल(नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष श्री अनात वर्नस्टीन राइसले यस समझदारी पत्रद्धारा नेपाल इजराइल नेपाल वीच आर्थिक सम्वन्ध वढाउन उपयुक्त मंच प्राप्त भएको र कोभिड पश्चात नेपाल र इजराइल वीच व्यवसायीक प्रतिनिधिमण्डलको आदान प्रदान हुने आशा व्यक्त गर्नु भयो । फेडरेसन अफ इजराइल चेम्वर अफ कमर्सका उपाध्यक्ष श्री अमीर शानीले दुइ मुलुक वीचको आर्थिक सम्वन्धको क्रममाप्रस्तुत समझदारीपत्र कोशेढुंगा भएको र यस बाट निजी क्षेत्र वीच सम्वन्ध बिस्तार हुन गइ दुवै राष्ट्रलाई फाइदा हुने कुरा उल्लेख गर्नुभयो ।

नेपाल चेम्वर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले बिश्वको सवै भन्दा अग्लो शिखर सगरमाथा नेपालमा रहेको र बिश्वको सवै भन्दा होचो मृत सागर इजराइल समीप भएको कुरा उल्लेख गर्दै दुवै मुलुकमा प्रचुरमात्रा पर्यटकीय गन्तव्य स्थल रहेको उल्लेख गर्नृ भयो । इजराइलले सूचना तथा प्रबिधिको क्षेत्रमा गरेको प्रगति, कृषिमा भएको यान्त्रीकरणबाट नेपालले फाइदा लिन सक्ने बताउनु भयो । नेपाल जलश्रोतको अपार भण्डार भएको मुलुक भएकोेले हाइड्रे पावर क्षेत्रमा लगानीको लागि समेत आव्हान गर्नुभयो ।

हालसम्म नेपाल चेम्बर अफ कमर्सले अन्य देशका ७० वटा बिभिन्न अन्तर्रा्ष्ट्रिय चेम्बर अफ कमर्ससंग समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ । आज संम्पन्न समझदारी पत्रमा इजराइल चेम्बर अफ कमर्ससंगको सम्बन्ध मार्फत इजराइलबाट नेपालमा लगानी भित्राउन पहल गर्ने, नेपालको व्यापारलाई ती मुलुकहरुसम्म बिस्तार गर्ने, दुइ–पक्षिय तथा बहु–पक्षीय ब्यापार तथा लगानीसंग सम्बन्धित साझा स्वार्थहरुको प्रबर्दन गर्ने, आर्थिक सहकार्य र व्यापारिक भ्रमणको आदान–प्रदान व्यवसायीक सूचना आदान प्रदान गर्ने लगायतका बुंदाहरु समाबेश छन् ।
उक्त समझदारी पत्र हस्ताक्षर कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका कार्य समिति सदस्य उर्मिला श्रेष्ठ तथा दिपेश रत्न तुलाधर सहभागिता रहेको थियो ।