neapl investment mega bank
  • गृहपृष्ठ
  • दक्षिण कोरियासँग लगानी तथा व्यवस्थापकिय क्षमता विस्तारमा सहकार्यका लागि आग्रह

दक्षिण कोरियासँग लगानी तथा व्यवस्थापकिय क्षमता विस्तारमा सहकार्यका लागि आग्रह

Jan 11th, 2021

काठमाडौ, पुुस २७

नेपालका लागि रिपब्लिक अफ कोरियाका राजदूत छब सक पार्कले नेपालमा कोरियाली लगानी विस्तारमा सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ । नेपाल उद्योग परिसंघमा पदाधिकारीसँगको अन्तत्र्रिmयामा कोरियाली राजदुत छब सक पार्कले नेपालको पर्यटन, जलविद्युत तथा पूर्वाधारमा लगानीका लागि कोरियाली लगानीकर्ताहरुलाई प्रेरित गर्ने बताउनु भएको हो । कोरियामा आयोजना हुने व्यापार तथा लगानी मेलामा सहभागी हुने नेपाली व्यवसायी तथा लगानीकर्तालाई सहजीकरण गरिने पनि राजदूत पार्कले उल्लेख गर्नु भयो ।

सो अवसरमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपालमा वैदेशिक लगानीका लागि अवसर र उच्चतम प्रतिफल रहेको बताउँदै कोरियाली लगानीलाई प्रोत्साहन गर्न परिसंघ सहयोग गर्न तयार रहेको बताउनु भयो ।

कोरिया र नेपालबीचको सौहार्दपूर्ण सम्बन्धलाई बलियो आर्थिक साझेदारीमा रुपान्तरणका लागि थप कोरियाली पूँजी तथा प्रविधिलाईनेपाल भित्र्याउने तर्फ थप सहयोगका लागि अध्यक्ष मोरले राजदूतसँग आग्रह पनि गर्नु भयो । परिसंघका उपाध्यक्षहरु अनुज अग्रवाल, निर्वाण चौधरी, सुलभ अग्रवाल र विरेन्द्रराज पाण्डेले नेपालमा कोरियाली एक्जिम बैँक मार्फत्पूँजी जुटाउन तथा पूर्वाधार र पर्यटन क्षेत्रमा संयुक्त लगानीका लागि कोरियाली लगानीकर्ताहरुलाई सहजीकरण गर्न कोरियाली दुतावाससँग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

कोरियामा काम गरेर फर्केका नेपालीहरुका कारण कोरियाली कम्पनीहरुका लागि नेपालमा दक्ष कामदार जुटाउन सहज वातावरण भएकाले यसलाईउपयोग गर्न पनि परिसंघले आग्रह गरेको छ । कोभिड पेनडेमिकको असर कम हुनासाथ द्विपक्षीयलगानीकर्ताहरुको आदान प्रदानका लागि सहजीकरण गर्ने पनि परिसंघले प्रतिवद्धता जनाएको छ ।