neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • विशेष क्यामेरा जडित ट्राफिक ‘सर्भिलेन्स भेइकल’ परिचालन , घुस फिर्ता गर्ने १८ जना ट्राफिक प्रहरीलाई सम्मान

विशेष क्यामेरा जडित ट्राफिक ‘सर्भिलेन्स भेइकल’ परिचालन , घुस फिर्ता गर्ने १८ जना ट्राफिक प्रहरीलाई सम्मान

Jan 11th, 2021

काठमाडौ, पुुस २७

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरीको अनुपस्थितिमा हुने ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनलाई निगरानी गरि कारबाही र सचेतना गर्नको लागि ‘ट्राफिक सर्भिलेन्स भेइकल’ आजदेखि परिचालन गरेको छ । उपत्यकाको व्यस्त सडकहरुमा हुने सवारी चापलाई व्यवस्थापन गर्न र फराकिला सडकहरुमा हुने तिब्रगतिलाई नियन्त्रण गर्न उपयोगी हुनेगरी महाशाखाले परिचालन गर्ने भएको छ ।

महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले माईक्रोबस आकारको सर्भिलेन्स भ्यानको छतमा जडित सिसिटीभी क्यामेरालेकरिब२०० मिटर सम्मको दृश्यलाइ कैद गर्न सक्ने जानकारी दिनुभयो । पिक आवरमा सवारी चाप (जाम) हुने क्षेत्र र धेरै मात्रामा ट्राफिक नियम उल्लङघन हुने क्षेत्रमा भ्यानले बढी निगरानी गर्ने पनि उहाँले बताउनुभयो ।

भ्यानमा खटिने ५ जना ट्राफिक प्रहरीलेदैनिकसवारी आवागमनको नियमन गर्ने र सडकका गतिबिधिहरुलाई भिडियो तथा फोटोमा कैद गर्न मिल्ने प्रबिधि जडान गरेको छ ।यसले ट्राफिक व्यवस्थापनमा महत्वपुर्ण सहयोग गर्ने र आम चालकहरुलाई प्रमाण सहित कारबाही गर्न र थप सचेत जगाउन सहयोगी हुनेअपेक्षा रहेको महाशाखाले जनाएको छ । उक्त कार्यक्रममा ट्राफिक कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा नपरीघुस फिर्ता गर्ने १८ जना ट्राफिक प्रहरीलाईएसएसपी भट्टराईले पुरस्कृत र सम्मान गर्नुभएको थियो ।

ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुलाई नियमानुसार कारबाही गर्ने क्रममा घुस दिई ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकहरुलाई पक्राउ गरि कारबाहीको दायरामा ल्याउने ट्राफिक प्रहरी कर्मचारीलाई सम्मान गरिएको प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले बताउनुभयो । पुरस्कृत हुनेहरुमा प्रसनि देबिराम भण्डारी, प्रसनि रामेश्वर उप्रेती, प्रहशंकर वन सन्यासी, प्रह बिनोद गोतामे, प्रज भुवन भण्डारी, प्रज केदार प्रसाद भण्डारी, प्रज नैन सिंह राना, प्रज रविन घिमिरे, प्रज धनन्जय सिंह रावत (डाँगा), प्रज मिना कुमारी आचार्य, प्रज निरज थापा, प्रज केशब बिष्ट, प्रज रमेश सिंह बुडाल, प्रज भानुभक्त ढकाल, प्रज राकेश कुमार साह, प्रज शान्ता श्रेष्ठ, प्रजईश्वर पछाई र प्रज सन्दिप कुमार यादव रहेका छन ।

पछिल्लो समय ट्राफिक कारबाहीको क्रममा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ६९ जना सवारी चालकहरुलाई पक्राउ गरि कारबाहीको दायरा ल्याउने ५३ जना ट्राफिक प्रहरीलाई पुरस्कृत एव सम्मान गरेको महाशाखाले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi