neapl investment mega bank
  • गृहपृष्ठ
  • एनवाईएफसीको नेपालकै सबै भन्दा ठूलो क्यलिस्थेनिक्स पार्क नक्सालमा

एनवाईएफसीको नेपालकै सबै भन्दा ठूलो क्यलिस्थेनिक्स पार्क नक्सालमा

Jan 11th, 2021

काठमाडौ, पुुस २७

एनवाईएफसीले सुरु गरेको प्रोजेक्ट टेम्पल अन्तर्गत शुभश्री कलेजसगंको सहकार्यमा नेपालकै सबै भन्दा ठूलो क्यलिस्थेनिक्स पार्क नक्साल नारायण चौरमा सफलतापूर्वक निर्माण भएको छ । गत शनिबार सो कार्यक्रमका प्रमुख अतिथि माननीय युवा नेता गगन थापाद्वारा झण्डा तोलन गरी उद्घाटन गरिएको हो ।

एनवाईएफसी ले यस्ता व्यायाम गर्ने क्यलिस्थेनिक्स पार्कहरु धेरै अगाडि देखि निर्माण गर्दै आएको छ र यस्तै व्यायाम स्थलहरू देशका सबै शहरहरूमा निर्माण गर्ने उद्देश्यका साथ अघि बढेका छौं भन्दै एनवाईएफसीका संस्थापक, शुकदेव कार्कीले जानकारी दिए । व्यायामले जीवनमा धेरै सकारात्मक परिवर्तनहरू ल्याउने भएकोले यो पार्कको निर्माण सँगै त्यहाँका स्थानीयहरूमाहर्ष उल्लास छाएको छ ।