काठमाडौं,२५ पुष,
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थपाले संसदमा बिचाराधिन संसद विघटनको बिषयमा कसैले पनि दबाव वा प्रभाव पार्न नहुनेका जोड दिएका छन् ।
सामाजिक सञ्जाल ट्वीट माफर्त अध्यक्ष थापाले यस्तो बताएका हुन् । थापाले संविधान कार्यान्वयनमा देखिएका विवाद र अस्पष्टताको निरूपण गर्ने अधिकार सर्वोच्च अदालतको भएको भन्दै उक्त कुरामा जोड दिएका छन् ।
साथै उनले प्रतिनिधिसभा विघटन सम्वन्धि संवैधानिक प्रावधानमा केही अस्पष्टता रहेको र सो अस्पष्टता हटाउन सर्वोच्चले व्याख्या गर्नुपर्ने अवस्था भएको बताएका छन् ।
त्यसैले अदालतमा विचाराधिन विषयमा दवाव र प्रभाव पार्ने काम कतैबाट हुनु नहुंनुपर्नेमा अध्यक्ष थपाले जोड दिएका छन् ।
उनको ट्वीटः संविधान कार्यान्वयनमा देखिएका विवादरअस्पष्टताको निरूपण गर्ने अधिकार सर्वोच्च अदालतको हो । प्रतिनिधिसभा विघटन सम्वन्धि संवैधानिक प्रावधानमा केही अस्पष्टता छ । सो अस्पष्टता हटाउन सर्वोच्चले व्याख्या गर्नुपर्ने अवस्था छ । अदालतमा विचाराधिन विषयमा दवावरप्रभाव पार्ने काम कतैबाट हुनु हुंदैन ।