आधारभुमी संवाददाता
काठमाडौ, पुस २५
शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले माधव कुमार नेपाल र पुष्पकमल दाहाल (प्रचण्ड) समुहलाई पुच्छरेहरुको संज्ञा दिएकाछन । नेकपा ललितपुर जिल्ला कमिटिले बृहत् कार्यकर्ता भेलालाई सम्वोधन गर्दे शिक्षामन्त्री श्रेष्ठले यस्तो संज्ञा दिएका हुुन ।
कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री श्रेष्ठले नेकपाबाट चोइटिएर गएको प्रचन्ड नेपाल समूहका नेतालाई पुच्छुुरेको संज्ञा दिदै भने, पुच्छरहरुले यो पार्टी र सूर्य चिन्हसंग खेल्ने कुदृष्टि नराखोस्, के.पी. कमरेड पार्टीका प्रथम अध्यक्ष जस्तो साहसिक देशप्रेमी अरु कुनै हुन सक्दैन । लिम्पुराधुरा, नाकाबन्दीमा साहसिक कदम उठाई लिम्पुराधुरा नपालको नक्सामा हालेदेखि नै देशी विदेशी शक्ति के. पी. नेकपा पार्टी अध्यक्षलाई षडयन्त्र गरी पार्टी फुटको दिशामा पुगेको भन्दै प्रचन्ड नेपाल समूहलाई सच्चिएर आफ्नो घर फर्कन आग्रह गरे ।
सोही कार्यक्रममा पूर्व उद्योग मन्त्री तथा प्रतिनिधि सभा सदस्य महेश बस्नेतले प्रचन्ड नेपाल समुहलाई डेट एक्सपायर भएको औषधीको संज्ञा दिए । नेकपामा त्यस्ता नेता पार्टीमा रहे पार्टीलाई झन नोक्सान हुने भन्दै उनले नेकपा पार्टी अध्यक्षको पुत्ला जलाउने काम नगर्न अनुरोध गरे । केही छोटा नेताले आफु विरुद्ध धावा बोलेको पाइएमा आफुु पनि चुप लागेर नबस्ने भन्दै उनले यदी बोलेमा साईबर सेना, युवासंघ, गठन गरी राँकोले ध्वस्त पारी दिने चेतावनी दिए ।
बरु पुत्ला जलाउने सडकमा पलेटी कस्नु भन्दा सच्चिएर आफ्नो घर फर्कन पुर्वमन्त्री बस्नेतले अनुरोध गरे । कार्यक्रमा नेकपा केन्द्रिय सदस्यहरु नबराज सिलवाल, सुशिला नेपाल, मधुसुदन पौडेल, चेतनाथ सञ्जेल, लगायत जिल्ला कमिटी तथा नगर कमिटी सदस्य, विभिन्न संघ संस्थाका अध्यक्ष तथा सदस्यहरुको बाक्लो उपस्थिति रहको थियो । कार्यक्रमको सभापतित्व गर्दै नेकपा केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला कमिटीका अध्यक्ष हरिकृण व्यञ्जनकारले प्रधानमन्त्री के.पी.ओलीले पार्टी र देशलाई धेरै ठूलो दुर्घटनाबाट जोगाउन संसद विघटन गर्नु परेको बताए । उनले नेकपा भित्रबाट प्रधानमन्त्री र पार्टी अध्यक्षको पदमा पुग्न पद लोलुपहरुलाई आगामी बैशाख १७ र २७ गते आम निर्वाचनमा भाग लिएर प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्न चुनौती दिदै आम कार्यकर्ताहरुलाई चुनाबमा भाग लिई जनतामा जान आग्रह गरे ।