neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

लागू औषध कारोबारमा संलग्नहरु पक्राउ

Jan 8th, 2021

काठमाडौ, पुुस २४

महानगरीय अपराध महाशाखा मिनभवनले लागुु औषध कारोवारमा संलग्न दुुई व्यक्तिहरुलाई पक्राय गरेको छ । आज शुक्रबार बिहान लागुु औषध कारोवारमा संलन्त दाङको तुलसीपुर घर भएका २७ बर्षिय सुरज चौधरी र सल्यानका २४ बर्षिय कुमार बिकलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

लागूऔषधको कारोबार हुदैछ भन्ने गोप्य सूचना प्राप्त प्रश्चात महाशाखाबाट खटिएको बिशेष प्रहरी टोलीले आज विहान का.जि.का.म.न.पा. वडा नं.२६ मित्रनगर स्थित गेष्ट हाउसमा सुरज चौधरी र कुमार बि.क. लाई शंका लागि सोधपुछ तथा निजहरू बसेको कोठा खानतलासी गर्ने क्रममा कालो झोला भित्र लुकाई राखेको अवस्थामा तीन वटा प्लाष्टिकले बेरेको ईट्टा आकारको ३ के.जि.लागू औषध चरेश जस्तो देखिने पदार्थ फेला पारी बरामद गरी निजहरूलाई पक्राउ गरी प्रारम्भिक अनुसन्धान पश्चातः थप अनुसन्धानको लागि परिसर, काठमाण्डौ पठाईएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi