neapl investment mega bank
  • गृहपृष्ठ
  • सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको मस्कट सार्वजनिक

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको मस्कट सार्वजनिक

Jan 8th, 2021

काठमाडौ, पुुस २४

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले मस्कट सार्वजनिक गरेको छ । बैंकले आज शुुक्रबार आफ्नो दुईवटा मस्कट सार्वजनिक गरेको हो । बैंकको व्यवसायप्र बद्र्घन, पहिचान र प्रचार प्रसार गर्नको साथै बजार बिस्तार गर्नको लागि सरल र शताब्दी नामका दुईवटा मस्कट सार्वजनिक गरेको छ ।

यस पश्चात सेञ्चुरी कमर्सियल बैंकको बैंकिङ्ग अनुभवलाई अझ सरल र सुरक्षित बनाउन र बैंकले प्रदान गर्ने विभिन्न सेवा र सुविधाहरु र तिनका प्रकृयाका बारेमा सरल र शताब्दीले विभिन्न माध्यमबाट ग्राहकहरुलाई जानकारी गराउने छन् । सरल र शताब्दीको माध्यमबाट बैंकको लोकप्रियता अभिवृद्धिमा अझेै मद्धत पुग्ने विश्वास लिइएको छ ।