आधारभूमि संवाददाता
काठमाडौं, पुष २४
नेपाल विद्युत प्राधिकरणले जनाएअनुसार मंसिर महिनामा मात्रै सात सय ९ पटक उपत्यकाका विभिन्न स्थानमा लाइन गएको छ । प्राधिकरणले समयमै
मर्मत तथा सम्भार गर्न नसक्दा उपत्यकामा उपभोक्ता मारमा परेका छन् ।
उपत्यकाका विभिन्न स्थान एक महिनामा झन्डै २२ घन्टा विद्युतको उपभोगबाट बञ्चित भएका छन् ।
सात सय ९ पटक बिजुली काटिएकामा ३ सय ६२ पटक सुचना बिनै र ३ सय ४७ पटक सुचना गरेरै प्राधिकरणले लाइन काटेको हो ।
तर प्राधिकरण भने गत वर्षको तुलनामा यो कम भएको दाबी गर्छ । गत वर्षको मंसिर महिनामा मात्रै ६५ घन्टा लाइन गएको प्राधिकरणको जिकिर छ । त्यस्तै गत वर्ष कुल १ हजार ६८ पटक लाइन गएको प्राधिकरणले बताएको छ । प्राधिकरणले लोडसेडिङ गर्नुपर्ने स्थिती नरहेको बताएपनि आमउपभोक्ता भने बिश्वस्त हुन सकेका छैनन् ।
अहिले उपत्यकाको कुल विद्युत माग ३ सय ५५ मेगावाटको हाराहारीमा छ । जबकी गत वर्ष यही समयमा ३ सय ९० मेगावाट माग थियो । गत वर्षभन्दा लोड म्यानेज गर्नका लागि सहज स्थिती भएपनि नेर्तत्वको अभावमा आमउपभोक्ता भने पटक पटक बिजुली जाने समस्याबाट त्रसित हुनु परेको छ ।
प्राधिकरण भने वितरण प्रणाली स्तरोन्नती गर्ने क्रममा यसरी लाइन काटिएको दाबी गर्छ । प्रणालीमा माग अनुसार आपूर्तिका लागि पर्याप्त विद्युत रहेकाले घोषित÷अघोषित रुपमा विद्युत विद्युत कटौती (लोडसेडिङ) नगरिएको प्राधिकरणका कायम मुकायम (कामु) कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताउछन् ।
शाक्यले सडक तथा खानेपानी पाइप विस्तारका कारण भूमिगत केवल तथा पोल र टान्सर्फमर सार्नु पर्र्ने लगायतका प्राविधिक कारणले त्यस आसपासका स्थानमा बिद्युत कटौति गरिएको बताउउँछन् ।
उनले भने ‘अहिलेसम्मको डाटा हेर्दा गत वर्षको पुसमा भन्दा यस वर्ष कम भएको देखिन्छ, विगतमा चालिएका सुधारबाट यस वर्ष र यस वर्ष गरिएका कामबाट अर्को वर्ष नतिजा देखिन्छ,’
प्रणालीमा आउने प्राविधिक गडबडीले केहीबेर झ्याप्प वत्ति जाँदैमा उपभोक्ताले त्यसलाई लोडसेडिङ गर्यो भन्ने बुझेर डराउनु पर्ने जरुरी नभएको उनको भनाई छ।